२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभर थपिए २९१८ संक्रमित, ५३ को मृत्यु



अ+ अ-

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २९१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् । 

यस्तै पछिल्लो २४ घण्टामा ५१४७ संक्रमित निको भएका छन् । सोमबार कोरोनाबाट मृत्यु हुनेको संख्या ५३  रहेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ४३८ जनाको पिसिआर र ५ हजार ३८१ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । 

नेपालमा हालसम्म पिसिआर परीक्षणबाट ६ लाख १० हजार ५२१ जनामा र एन्टिजेन परीक्षणबाट २१ हजार ३३९ जनामा कोरोना संक्रमढा पाइएको छ ।

त्यसमध्ये ५ लाख ३६ हजार २५२ संक्रमित निको भएका छन् । यस्तै कोरोनाबाट हालसम्म ८ हजार ४६५ जनाको मृत्यु भएको छ ।