२२ असार २०८३, सोमबार
,
Latest
गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम एडिबीसँग ६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण सम्झौता टेरामक्स प्रकरण: पूर्वमन्त्री बस्नेत सहित केहीलाई सफाई ,तीन जनालाई कैद सजाय र जरिवाना सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन सिद्धार्थ बैंकविरुद्ध कीर्ते कागजात तयार गरी कलोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको आरोप सरकारका सय दिन उत्साहजनक छैनन्, लोकतान्त्रिक विधि र प्रक्रिया मिचियोः अर्जुननरसिंह केसी कोशी प्रदेशसभाः विषयगत मन्त्रीले दिनुभयो जवाफ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गर्भवतीलाई बारबर्दियाको उपहार, दूध सङ्कलन केन्द्रमा अनुदान



अ+ अ-

बर्दिया । सुनौला हजार दिनका आमा तथा गर्भवतीलाई बारबर्दिया नगरपालिकाले  बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत उपहार वितरण गरेको छ । 

नगरपालिका नगरप्रमुख दुर्गाबहादुर थारुले पालिकाका विभिन्न सय जना गर्भवतीलाई उपहार वितरण गरिएको बताउनुभयो । पालिकाले उपहारस्वरुप प्रत्येक सुत्केरीलाई किटनासक झुल, घ्यु, सेनिटाइजर, मास्कलगायतको उपहार सामग्री दिएको हो  ।

 नगरका उपप्रमुख अञ्जु दहितले उनीहरुलाई पोसिलो खाना र स्वास्थ्य सुरक्षा सामग्रीसहितको उपहार प्रदान गर्न शुरु गरेको छ । कोरोना महामारी संक्रमण फैलिने क्रममा रहिरहेका बेला गर्भवतीलाई नगरपालिकाले पोसिलो खाना र स्वास्थ्य सुरक्षा सामग्री दिइएको बताउनुभयो । यो कार्यक्रम वडा नं। १, २, ४ र ५ मा लागु भएको छ । 
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज शर्माले पोसिलो  खाना खाएमा बच्चाको दिमाग  र शरीरको वृद्धि विकास हुने बताउनुभयो ।

यसैगरी, सो नगरपालिकाले दुध संकलन केन्द्रमा दुई लाख बराबरको अनुदानको सामग्री वितरण वितरण गरेको छ । केन्द्रमा स्टपलाईजर, दराज, टेवल, कुर्सीहरु हस्तान्तरण गरिएको हो । नगरप्रमुख थारुले दुध उत्पादन किसानहरुले गर्ने त्यसको व्यवस्थापन र बजारीकरणका लागि आर्थिक रुपमा थप सहयोग नगरपालिकाले गर्ने बताउनुभयो । 

यसैगरी नगरपालिकामा शहिद विष्णु धनीको २३ औ  स्मृति दिवसका अवसरमा वृक्षरोपण कार्यक्रम भएको छ । सो अवसरमा शहिद  विष्णु प्रोख्ररेलको श्रीमती लक्ष्मी  पोख्ररेल र   धनीराम थारुको श्रीमती वुंदनी थारुको दुवैजनाले  संयुक्त रुपमा रिवन काटेर २३ औ स्मृति दिवसको अवसरमा आइसिटी ल्याब उद्घाटन  गर्नुभएको थियो ।  
रासस

सो वहुप्राविधिक शिक्षालयमा विष्णु र धनिको फोटोहरु समेत छ उहाँको विषयमा समेत पुस्तकहरु लेखिएको विषयलाई समेत विद्यार्थीरुले अध्ययन गर्न पाउने व्यवस्था गरिएको छ ।