काठमाडौं । विपक्षी गठबन्धनका शीर्ष नेताहरु पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफलका लागि तातिएका छन् ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा अहिले कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुगेका छन् ।
छलफलको मुख्य विषय सर्वोच्च अदालतले नेकपा एमालेबारे गरेको निर्णयले पार्नसक्ने प्रभाव, एमाले वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य लगायत रहेको स्रोतले बताएको छ ।