२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो २०२० : प्याट्रिक सेकको दुई गोलले चेक गणतन्त्र विजयी



अ+ अ-

ग्लास्गोः सन् २०२० को युरो फुटबल अन्तर्गत सोमबार साँझ भएको पहिलो खेलमा प्याट्रिक सेकको दुई गोल मद्दतले चेक गणतन्त्रले स्कटल्यान्डलाई २–० गोल अन्तरले पराजित गरेको छ ।

प्याट्रिकले सम्भवतः यस प्रतियोगिताकै उत्कृष्ट गोल गरेका थिए । मैदानको झण्डै मध्य भागबाट हानेको गोल सिधै गोलपोस्टमा छिरेको थियो । स्कटल्यान्डका गोलकिपर डिबक्सको बाहिर रहेको मौका छोपी प्याट्रिकले सिधै गोलपोस्टमा प्रहार गरेका थिए ।

प्याट्रिकले खेलको ४२ र ५२ मिनेटमा गोल गरेर आफ्नो टिमलाई विजयी तुल्याए । यद्यपी दुबै टिमबाट एकअर्का गोलपोस्टमा पटकपटक सुन्दर आक्रमण गरे पनि गोलकिपरले त्यतिकै सुन्दर बचाउ गरेका थिए ।

समूह डी मा चेक गणतन्त्र, इङल्यान्ड, क्रोएसिया र स्कटल्यान्ड रहेका छन् । एक एक खेल जितेका इङल्यान्ड र चेक गणतन्त्रको ३–३ अंक भएको छ ।

आजै राति दोस्रो खेलमा समूह इ को पोल्यान्ड र स्लोभाकियाबीच प्रतिस्पर्धा जारी छ । मध्य राति स्पेन र स्वीडेनबीच खेल हुँदैछ । एपी