३० भाद्र २०८३, मंगलवार
,
Latest
उत्तरगयाका बाढीपीडितलाई पोखराबाट राहत, १६५ परिवारलाई प्रतिपरिवार ४० हजार बराबरका सामग्री भोटेकोशी बाढी : अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण मेलाबाट उठेको रकम पर्यटनमा लगानी भेरी अस्पतालमा शवगृह विस्तार गरिने कांग्रेसको किचलोः अब न फुट्ने न जुट्ने अवस्थामा गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनितिक स्तरोन्नति पोखरामा जग्गाको कित्ताकाट खुल्यो कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेपत्ता महिलाको शव भेटियो



अ+ अ-

मार्तडी । लगातार अविरल वर्षाका कारण खोलामा आएको बाढीले बगाएर बेपत्ता भएकी बूढीनन्दा नगरपालिका–३ लौठीरुखकी महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । नगरपालिकामा रहेको बड्डीगाड खोलाले बगाउँदा सोही नगरपालिका–३ की मोतीकला ल्वारको शव करिब २० किलोमिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी धनदेव साउदले राससलाई जानकारी दिनुभयो । 

बेपत्ता महिलाको स्थानीयवासी र प्रहरीले खोजी गर्दा बड्डीगाड खोलाको कालसिलमा फेला पारेको प्रहरी निरीक्षक साउदले बताउनुभयो । महिलाको शव कोल्टी प्राथमिक स्वास्थ्यचौकीमा परीक्षण गरी आफन्तलाई बुझाइएको उहाँले बताउनुभयो । 
 
सोमबार त्रिवेणी नगरपालिका–५ किम्नीमा खोलाले बगाउँदा बेपत्ता भएका १३ वर्षीय बालक अझै फेला परेका छैनन् । गाउँ नजिकै रहेको किम्नीखोलाले बगाउँदा बेपत्ता भएका बालकको प्रहरी र स्थानीयवासीले खोजी गरे पनि फेला नपरेको प्रहरी निरीक्षक साउदले बताउनुभयो । घटनास्थलमा प्रहरीको टोली र स्थानीयवासीले खोजी गरिरहेका छन् तर अहिलेसम्म पनि बालकको शव फेला परेको छैन । जिल्लामा बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ । वर्षाका कारण राजमार्ग सडक र ग्रामीण सडकसमेत अवरुद्ध भएका छन्।