२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लमजुङ दोर्दी खोलाले १५ घर बगायो, ४ बिजुलीको खम्बा पनि ढाले



अ+ अ-

पोखरा । लमजुङको दोर्दी खोलामा आएको बाढीले हिलेबजारका १५ घर बगाएको छ । बाढीले दोर्दी खोलामाथि बनेको झोलुङ्गे पुलमा पनि क्षति पुर्‍याएकाले आवतजावत नै बन्द भएको छ । हाइटेन्सन लाइन ढलेर पुलमा क्षति पुर्‍याएको हो ।

बाढीले बजारका ४ वटा बिजुलीको हाइटेन्सन खम्बा पनि ढालेको छ । जसका कारण विद्युत र फोन सम्पर्क पनि अवरुद्ध भएको वडाध्यक्ष तुलबहादुर घलेले जानकारी दिनुभयो ।

उहाँले बाढीका कारण स्थानीय आमा समूहको घर, फुटबल मैदानलगायत सबै बगाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘अरु ३, ४ वटा घर पनि पक्की घरका पनि पिलर निकाल्न सुरु गरिसकेको छ । क्षति त कति पुग्यो, पुग्यो’ ।

बाढी पीडितलाई बजार माथिको स्कुल तथा आफन्तको घरमा स्थानान्तरण गरिएको छ । उहाँले भन्नुभयो, ‘पुल पनि धरापमा छ । सबै मान्छेहरु एउटै ठाउँमा कोचाकोच भएर बस्नु भाछ । बिजोग भयो हामी ।’

जिल्ला प्रशासनलाई राहत तथा उद्दारका लागि खबर गरेता पनि गाउँ छिर्ने बाटो सबै पहिरोले क्षति भएका कारण आउन नसक्ने स्थिति रहेको वडाध्यक्ष घलेले बताउनुभयो ।