३० भाद्र २०८३, मंगलवार
,
Latest
उत्तरगयाका बाढीपीडितलाई पोखराबाट राहत, १६५ परिवारलाई प्रतिपरिवार ४० हजार बराबरका सामग्री भोटेकोशी बाढी : अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण मेलाबाट उठेको रकम पर्यटनमा लगानी भेरी अस्पतालमा शवगृह विस्तार गरिने कांग्रेसको किचलोः अब न फुट्ने न जुट्ने अवस्थामा गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनितिक स्तरोन्नति पोखरामा जग्गाको कित्ताकाट खुल्यो कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रसिद्ध धार्मिक क्षेत्र घटालथान डुबानमा



अ+ अ-

अमरगढी । डडेल्धुरामा पाँच दिनदेखिको लगातार वर्षातका कारण सुदूरपश्चिमको प्रसिद्ध धार्मिक क्षेत्र घटालथान डुबानमा परेको छ । महाभारतका चर्चित पात्र पाण्डव भीमका हिडम्बनातर्फका पुत्र ‘घटोत्कच’का नामले प्रसिद्ध शक्तिशाली देवता घटालथान अविरल वर्षाले डुबानमा परेको हो ।

पर्यटन पूर्वाधारका लागि निर्माण भइरहेकै बेला महाभारत पर्वत शृङ्खलाको फेदमा रहेको अमरगढी नगरपालिका–३ डोटीखोलामा अवस्थित घटालथानमा वर्षाले सो क्षेत्रमा निर्माणाधीन संरचनासहित धरापमा परेको स्थानीयवासी राजेन्द्र जैसीले बताउनुभयो ।

खोलामा वर्षातको पानीको सतह बढेपछि रु एक करोड ४१ लाखमा निर्माण भएको प्यारापिट, मूल मूर्ति स्थान तथा मसानघाटको आरसिसी ढलानलगायत पर्यटक विश्रामस्थल डुबानमा परेपछि पर्यटकीय धार्मिक क्षेत्र सङ्कटमा परेको घटाल क्षेत्र विकास समितिका अध्यक्ष कृष्णराज बोहराले जानकारी दिनुभयो  ।