३० भाद्र २०८३, मंगलवार
,
Latest
उत्तरगयाका बाढीपीडितलाई पोखराबाट राहत, १६५ परिवारलाई प्रतिपरिवार ४० हजार बराबरका सामग्री भोटेकोशी बाढी : अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण मेलाबाट उठेको रकम पर्यटनमा लगानी भेरी अस्पतालमा शवगृह विस्तार गरिने कांग्रेसको किचलोः अब न फुट्ने न जुट्ने अवस्थामा गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनितिक स्तरोन्नति पोखरामा जग्गाको कित्ताकाट खुल्यो कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री पोखरेलले असार ४ गते विश्वासको मत लिने



अ+ अ-

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिने भएका छन् । उनले विश्वासको मत लिने सूचना संसदलाई जानकारी गराएका हुन् । 

मुख्यमन्त्री स्रोतका अनुसार उनले असार ४ गते नै विश्वासको मत लिने तयारी थालेका छन् । संविधानको प्रावधान अनुसार विश्वासको मत लिनुभन्दा दुई दिन अघि संसदलाई सरकारले जानकारी दिनुपर्छ भने मुख्यमन्त्रीमा नियुक्त भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । 

बजेट लगायतका काम र मन्त्रालय विभाजनमा समेत अन्योल भएपछि विश्वासको मत छिटै लिन लागिएको गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए ।

सरकारले विश्वासको मत लिएपछि मात्रै मन्त्रीहरुको कार्यविभाजन र बिस्तार गर्ने मुख्यमन्त्री पोखरेलको तयारी छ ।