३० भाद्र २०८३, मंगलवार
,
Latest
उत्तरगयाका बाढीपीडितलाई पोखराबाट राहत, १६५ परिवारलाई प्रतिपरिवार ४० हजार बराबरका सामग्री भोटेकोशी बाढी : अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण मेलाबाट उठेको रकम पर्यटनमा लगानी भेरी अस्पतालमा शवगृह विस्तार गरिने कांग्रेसको किचलोः अब न फुट्ने न जुट्ने अवस्थामा गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनितिक स्तरोन्नति पोखरामा जग्गाको कित्ताकाट खुल्यो कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ नेता खनाललाई थप उपचारका लागि दिल्ली लगियो



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल थप उपचारका लागि दिल्ली लगिएको छ । बुधबार दिउँसो साढे १२ बजेको नेपाल एयरलाइन्सको फ्लाइटबाट उनलाई दिल्ली लगिएको हो । 

दुई दिनअघि लगातार ज्वरो आएसँगै सास फेर्न गाह्रो भएपछि उनी नर्भिक अस्पतालको विशेष वार्डमा भर्ना भएका खनालाई थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा लगिएको हो । 

उपचारमा संलग्न चिकित्सहरुकाअनुसार उनको फोक्सोमा पानी जमेका कारण अक्सिजनको कमी देखिएको थियो । उनलाई निरन्तर अक्सिजनकै सपोर्टमा राखिएको थियो ।

उनमा ज्वरो उल्लेख्य घट्न नसकेको र पिसाब तथा रगतमा समेत इन्फेक्सन देखिएको नर्भिक अस्पतालले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।