२२ असार २०८३, सोमबार
,
Latest
प्रतिनिधिसभाः बाध्यकारी श्रम महासन्धिको प्रोटोकलमाथि छलफल मल वितरणमा सरकारी संयन्त्र चुस्तः १९ दिनमै साढे ४० हजार मेट्रिकटन आपूर्ति मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य निजगढलाई वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाइन्छ : मन्त्री पौडेल नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत ऋतु खनाल प्रकरणमा गृहमन्त्री गुरुङको प्रतिबद्धता : दोषीलाई कानुनअनुसार कारबाही हुने धनुषामा लालपुर्जा हात परेपछि ३२८ परिवारमा उत्साह ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम नृत्यदेवी र पद्मपाणि लोकेश्वरको प्राचीन मूर्ति नेपाल फिर्ता बाँकेमा तीन चक्ला वन, काठ उत्पादन बढ्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई सीधै एसिया कप छनोटको तेस्रो चरण खेल्ने अवसर



अ+ अ-

काठमाडौँ । नेपालले सीधै एसियाकप छनोटको तेस्रो चरण खेल्न पाउने भएको छ । 

एसियाली फुटबल महासंघ (एएफपी) ले छनोट प्रक्रियामा परिवर्तन गरेपछि नेपाली फुटबलले सीधै एसियाकप छनोटको तेस्रो चरण खेल्ने अवसर प्राप्त गरेको हो । योसँगै नेपाललाई अब त्यस अगाडिको प्लेअफ खेल्ने झन्झट टरेको छ । 

यसअघि नेपालले एसियाली विश्वकप छनोटको दोस्रो चरणको आफ्नो समूहको चौथो स्थानमा रहेर प्लेअफ खेल्नुपर्ने भएको थियो । एसियाकप आयोजक चीन तथा विश्वकप आयोजक कतार एसियाकपको डिफेन्डिङ च्याम्पियन पनि भएको आधारमा चौथो स्थानमा रहने सबै आठ टिमले सिधै तेस्रो चरणमा प्रवेश पाएको हो ।

नेपालसँगै हङकङ, माल्दिभ्स र श्रीलंकाले पनि सीधै तेस्रो चरण खेल्ने भएका छन् । त्यस्तै छनोटको पाँचौँ स्थानमा रहेका शीर्ष तीन टिमले पनि सिधै एसियाकप छनोटको तेस्रो चरण खेल्न पाउने भएका छन् । 

जसमा म्यानमार, यमन र बंगलादेश रहेका छन् ।