३० भाद्र २०८३, मंगलवार
,
Latest
उत्तरगयाका बाढीपीडितलाई पोखराबाट राहत, १६५ परिवारलाई प्रतिपरिवार ४० हजार बराबरका सामग्री भोटेकोशी बाढी : अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण मेलाबाट उठेको रकम पर्यटनमा लगानी भेरी अस्पतालमा शवगृह विस्तार गरिने कांग्रेसको किचलोः अब न फुट्ने न जुट्ने अवस्थामा गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनितिक स्तरोन्नति पोखरामा जग्गाको कित्ताकाट खुल्यो कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

१३ हजार २२ परीक्षण गर्दा २८२८ जनामा संक्रमण, ३०८२ ले जिते कोरोना



अ+ अ-

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २८२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् । 

यस्तै पछिल्लो २४ घण्टामा संक्रमित ३०८२ निको भएका छन् । बुधबार कोरोनाबाट मृत्यु हुनेको संख्या ५२  रहेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ६८७ जनाको पिसिआर र ४ हजार ३३५ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । 

नेपालमा हालसम्म पिसिआर परीक्षणबाट ६ लाख १४ हजार २१६ जनामा र एन्टिजेन परीक्षणबाट २३ हजार २१७ जनामा कोरोना संक्रमण पाइएको छ ।

त्यसमध्ये ५ लाख ४३ हजार ५२१ संक्रमित निको भएका छन् । यस्तै कोरोनाबाट हालसम्म ८ हजार ५५८ जनाको मृत्यु भएको छ ।