२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्लीस्थित एपोलो अस्पतालमा एमाले नेता खनालको उपचार सुरु



अ+ अ-

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको दिल्लीस्थित एपोलो अस्पतालमा उपचार सुरु भएको छ ।

भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले सामाजिक सञ्जालमार्फत खनालको एपोलो अस्पतालमा उपचार सुरु भएको जानकारी दिएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पूर्व प्रधानमन्त्री झलनाथ खनालज्यूको उपचार प्रक्रिया दिल्लीको अपोलो अस्पतालमा आजैबाट शुरू भएकोछ। उहाँसंग र उहाँको उपचारको नेतृत्व गरिरहेका डाक्टरसित भेटघाट र स्वास्थ्यस्थितिबारे कुराकानी भयो। उहाँको शीघ्र सफल उपचारको विश्वास छ र पूर्ण स्वास्थ्यलाभको हार्दिक कामना छ।’

पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालको शरीरमा हेमोग्लोबिनको पनि कमी देखिएपछि थप उपचारका लागि आजै दिउँसो दिल्ली लगिएको हो ।