६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनसुन शुरु भएसँगै देशभर बाढी बहिरोको बितण्ड



अ+ अ-

काठमाडौं । मनसुन शुरु भएसँगै देशभर बढेको वर्षाका कारण जनधनको क्षति हुने क्रम पनि शुरु भएको छ । वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानमा परेर मंगलबार रातिदेखि बुधबार साँझसम्म ६ जनाको ज्यान गएको छ भने २७ जना बेपत्ता भएका छन् ।

सिन्धुपाल्चोकको मेलम्ची बजारमा मंगलबार साँझबाट आएको बाढी पहिरोमा परेर दुई जनाको ज्यान गएको छ । यसैगरी पाल्पा, कास्की, बाजुरा र डोटीमा एक एक जना गरी ६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले बाढी पहिरोमा परेर ६ जनाको मृत्यु भएको बताए । बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ६६ जना, कास्कीमा १ जना, पाल्पामा १ जना र स्याङजामा १ जना गरी जम्मा ६९ जनाको उद्धार गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । बाढी पहिरोमा परी जाजरकोटमा पनि ७ जना बेपत्ता भएको नेपाल प्रहरीका एसएसपी तथा प्रवक्ता कुवेर कडायतले जानकारी दिए ।

सिन्धुपाल्चोक र जाजरकोटमा गरेर बेपत्ता भएकामध्ये १० जना पुरुष र ४ जना महिला छन् । बेपत्ताको खोजी कार्य जारी छ । बाजुरा, गोरखा, प्युठान र अर्घाखाँचीमा एक एक जना बेपत्ता भएका छन् । यसैगरी सिन्धुपाल्चोकमा ४ जना, डोटीमा २ जना, कास्कीमा १ जना र स्याङजा १ जना गरी बाढी तथा पहिरोमा परेर ८ जना घाइते भएका छन् ।

पहिरो तथा बाढीको कारण बन्द भएका विभिन्न स्थानका सडक प्रहरीले सुचारु गराएको छ । साथै वर्षाको कारण सिन्धुपाल्चोक, पाल्पा, रुपन्देही र नवरलपरासी (पश्चिम)लगायतका स्थानहरुमा पहिरो गई अवरोध भएको सडक हटाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ । प्राप्त विवरण अनुसार बाढीका कारण देशभरमा १ सय ६५ घर डुबानमा परेका छन् ।

यसै गरेर ५३ घर, ३ वटा गोठ, ५ वटा पुल र ६ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । विपद्का घटनाबाट ६२ घर परिवार विस्थापित भएका छन् भने ८७ वटा पशु चौपायको मृत्यु भएको छ । अविरल वर्षाका कारण दुई दिनको अवधिमा देशभर ३३ जिल्लामा ९९ वटा बाढी, पहिरो, सडक अवरोध, डुबान र कटान जस्ता विपद् जन्य घटना भएका छन् । यो समाचार राजधानी दैनिकमा छ ।