५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पृथ्वी राजमार्गको तनहुँ १ खण्डमा भोलि गाडी नचल्ने



अ+ अ-

तनहुँ । तनहुँ १ मा भोलि हुने उपनिर्वाचनका कारण निर्वाचन क्षेत्रमा सवारी साधन आवागमन रोकिने भएको छ । यातायात रोकिने हुँदा पृथ्वी राजमार्गमा समेत गाडी नचल्ने भएका छन् ।

तनहुँका प्रमुख जिल्ला अधिकारी छवि रिजालले बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म राजमार्गमा समेत गाडी चल्न नदिइने जानकारी दिए ।

पृथ्वीराजमार्ग हुँदै तनहुँ कटेर अन्त जाने यात्रुहरुले आइतबार बिहान ५ बजेअघि वा साँझ ५ बजेपछि मात्रै यात्रा गरिसक्नुपर्ने उनले बताए ।

२०७९ मंसिरको निर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै रिक्त रहेको यस क्षेत्रमा भोलि उपचुनाव हुन लागेको हो ।

उपनिर्वाचनमा कांग्रेसका गोविन्द भट्टराई, एमालेका सर्वेन्द्र खनाल र रास्वपाका स्वर्णिम वाग्लेसहित अन्य पार्टीहरुबाट समेत गरी ९ जना चुनावी मैदानमा छन् ।