१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

तत्काल कुनै पार्टीसँग एकता गर्ने पक्षमा छैनौँ: सम्मानित नेता खनाल

तत्काल कुनै पार्टीसँग एकता गर्ने पक्षमा छैनौँ: सम्मानित नेता खनाल
अ अ+ अ-

काठमाडौं । नेकपा (एकिकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो पार्टी तत्काल कुनैपनि पार्टीसँग एकता गर्ने पक्षमा नरहेको स्पष्ट पार्नुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसरमा शनिवार जनकपुरधाममा आयोजना हुने लागेको कार्यक्रममा सहभागि हुन जनकपुरधाम जानुभएका सम्मानित नेता खनालले यस्तो बताउनुभएको हो ।

जनकपुरधाम विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उहाँले मिलेर जाने कुरा बेग्लै भएपनि नेकपा एकिकृत समाजवादीले तत्काल कसैसँग पार्टी एकीकरण गर्ने सम्भावना नरहेको स्पष्ट पार्नुभयो । उहाँले आफनो पार्टी अधिवेशन र महाधिवेशनको तयारीमा रहेको समेत बताउनु भयो । उपनिर्वाचन पछि वर्तमान सत्ताधारी गठबन्धनको स्वास्थ्य बिग्रने हल्ला छ नि ? भन्ने प्रश्नमा उहाँले नराम्रो व्यवहारको प्रयोग भए गठबन्धनको स्वास्थ्य बिग्रने बताउनु भयो ।

उहाँले वामपन्थी शक्तिहरु मिल्नुको विकल्प नरहेको समेत बताउनु भयो । देशको विभिन्न क्षेत्रहरु जस्तै पवित्रधाम जनकपुरबाट आफूले वामपन्थीहरुको एकताका लागि आग्रह र आह्वान गर्ने बताउनु भयो ।
सम्मानित नेता खनालले राष्ट्रियतामाथि संकट बढीरहेको बताउनु भयो ।