१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

घरका कथा (फोटो फिचर)

घरका कथा (फोटो फिचर)
ललितपुरको बडिखेलको टिनले छाएको झुपडी (घर)।
अ अ+ अ-

मानिसलाई सधैँ चाहिने तर परिभाषित गर्न गाह्रो शब्द हो घर । जंगली युगबाट समाजमा घर बनाएर बस्नुअघि मानिसहरु कहाँ बस्थे होलान् ? बस्ने ठाउँ कस्ता हुन्थे होलान् ? जाडो महिनामा गुफामा बसे पनि गर्मीमा के गर्थे होलान् ? गुफा नभएको ठाउँमा कता बस्थे होलान् ?

यी सबै कुराको बारेमा समाजशास्त्रीहरुको फरक–फरक मत छ । तर पनि मानिस कहिलेदेखि समाजमा बस्न थाल्यो अझै पनि खोजको बिषय बनेको छ । घाम, पानी, हावा–हुरी जंगली जनावर शत्रुबाट बच्न वा अन्य जे कारणले भएपनि मानिसले घर बनाउन थालेको धेरै भयो । नेपालमा वाह्य पर्यटक प्राकृतिक सम्पदा विभिन्न जातिहरुको संस्कृति र मौलिक घर एवं बस्तीहरु हेर्न आउँछन् । मौलिक घर नेपाली समाजको सभ्यताको पहिचान मानिन्छ । विविध जाति, धर्म तथा भौगोलिक बनावट भएको मौलिकताले पर्यटकहरुलाई आकर्षण गराएको छ  ।

पर्यटकहरुलाई आधुनिक भन्दा स्थानीय ढुंगामाटो तथा काठ प्रयोग गरी बनाइएको पुराना शैलीको मौलिक घर भएका गाउँमा अवलोकन गर्न रुचाउँछन् । शहरदेखि गाउँसम्म पछिल्लो समय काठका छाना, खरका छाना, ढुंगाका छाना, टिनका छाना हुँदै अहिले आएर सिमेन्ट कंक्रिट ढलानका छाना भएका घरहरु प्रशस्त छन् । साथै आफ्नो रुची, हैसियत अनुसार उपत्यकामै पनि घरहरुका अकार, रङ, शैली फरक फरक छन् । तर पनि घर सबैलाई आफ्नो आश्रयका लागि चाहिन्छ नै । नेपालमा भित्रिने वाह्य पर्यटकहरु मौलिक संस्कृति, भेषभूषा रहन सहन र भाषा समेत अध्ययन गर्न रुचाउँछन् ।

मौलिकता र सुन्दरताका हिसावले काठमाडौं, भक्तपुर र ललितपुरका पुराना घरहरु ५० वर्ष पहिलासम्म विश्वका उत्कृष्ट पचास शहरमध्ये १० औं नम्बरमा थियो । तर, अहिले आधुनिक कंक्रिटको घर हुनुलाई समाजले प्रतिष्ठाको विषय मानेको छ । जसकारण सबैले मौलिक घरलाई छोड्दै त्रंmकिटको घर बनाउन थालेका छन् भने काठमाडौं उपत्यका कंक्रिटको शहरको रुपमा परिचित छ । उपत्यकाका केही भित्रि बस्ती बाहेकका क्षेत्रमा मौलिक पहिचान झल्किने घर भेट्न मुस्किलप्रायः छ । मौलिक पुराना घर जोगाएर पर्यटनको विकास गर्न राजनीतिक नेतृत्व नै अन्योलमा छन् । पर्यटनको विकासको लागि मौलिक घर निर्माण र पुरानो सीपको प्रयोग गरेर नेपालको सौन्दर्यलाई पुनःउजागर गर्न सबै एक हुन जरुरी छ  ।

अहिले विभिन्न शैलीका मौलिक एवं परम्परागत घरहरु लोप हुने अवस्थामा पुगेका छन् । पुराना मौलिक घर भत्काएर नयाँ आधुनिक किसिमका कंक्रिटका घरहरु शहर बजारदेखि गाउँसम्म बन्न थालेका छन् । अर्कोतर्फ ढुङ्गा, टायल, खरले छाएका नेपाली परम्परागत र मौलिक घर भत्काएर आधुनिक कंक्रिट पिल्लरको घर बन्न थालेका छन् । यद्यपी काँठ क्षेत्रमा भने अझैपनि पुराना कलात्मक शैलीको प्रयोग गरी बनाइएका घरहरु भने कतै भेटिने गर्छन् । तस्बिरः न्युज एजेन्सी नेपाल

दक्षिण ललितपुरस्थित माझखण्डको घरको छानो भएको घर ।

काठमाडौंको कपन गाम्चामा बनाइएको कलात्मक घर ।

काठमाडौंको सुन्ताथानमा रैथाने घर ।

लेलेमा परम्परागत गुठी घर ।

काठमाडौंको पेप्सीकोलामा पृथ्वीको नक्सा अंकित घर ।

पशुपतिमा पहरामा बनाइएको सन्यासी बस्ने कुटी(घर) ।

ललितपुरको बडिखेलमा शिशाको प्रयोगबाट बनाइएको घर ।

ललितपुरको बडिखेलमा बाँसले बनाइएको घर ।

ललितपुरको बडिखेलको टिनले छाएको झुपडी (घर)।