१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध

बार र बेञ्च मिलेर न्यायपालिकाको सुधार गर्नुपर्छः कामु प्रधानन्यायाधीश

बार र बेञ्च मिलेर न्यायपालिकाको सुधार गर्नुपर्छः कामु प्रधानन्यायाधीश
अ अ+ अ-

दोलखा । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले बार र बेञ्च मिलेर न्यायपालिकाको शुद्धीकरण र सुधार गर्नुपर्ने बताउनुभएको छ । नेपाल बार एशोसिएसन दोलखा इकाइको भवन उद्घाटन कार्यक्रममा आज उहाँले बार र बेञ्च मिलेर न्यायपालिकाको सुधारका लागि काम गर्नुपर्ने बताउनुभयो ।

“निरंकुशतामा न्यायापालिका स्वतन्त्र हुन सक्दैन”, कामु प्रधानन्यायाधीश कार्कीले भन्नुभयो, “बार र न्यायपालिका सदा स्वतन्त्र, सक्षम र निष्पक्षताका लागि मिलेर काम गर्नुपर्छ ।”

उहाँले कानुन व्यवसायीले पक्षको मात्रै न्याय गर्न नहुने र विपक्षीलाई पनि न्याय हुनुपर्ने र राज्यका हरेक क्षेत्र सच्चिनुपर्नेमा जोड दिनुभयो । कामु प्रधानन्यायाधीश कार्कीले कानुनको मूल्य र मान्यताका आधारमा कार्यपालिका र व्यवस्थापिकाको विवादका साथै प्रदेशका विवाद निरूपण गर्ने निकाय नै सर्वोच्च अदालत हो । उहाँले आफूले कानुन व्यवसाय र न्याय क्षेत्रको यात्रा दोलखाबाटै प्रारम्भ गरेको स्मरण गर्नुभयो ।

महान्यायाधिवक्ता डा दीनमणि पोखरेलले प्रधानन्यायाधीश नियुक्तिका लागि प्रधानमन्त्रीका तर्फबाट छिटो अगाडि बढाउन आफूले पहल गरिरहेको बताउनुभयो । उहाँले विपक्षी दलका नेता बिरामी हुँदा पनि विपक्षी दलकै नेतको निवासमा गरेर अघि बढाउने विषयमा छलफल भएको जानकारी गराउनुभयो । महान्यायाधिवक्ता पोखरेलले आज पनि सोही विषयमा प्रधानमन्त्रीले विपक्षी दलका नेतासँग छलफल गरेको स्पष्ट पार्नुभयो ।

संवैधानिक परिषद्को बैठक राष्ट्रियसभाका अध्यक्ष यही वैशाख १२ गर्ने आएपछि सहमति प्रक्रिया अघि बढ्ने र अब तत्काल नियुक्ति प्रक्रिया अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले तत्काल प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन माग गर्दै संवैधानिक परिषद्ले तत्काल सर्वसम्मतिले नाम सिफारिस गर्न आग्रह गर्नुभयो ।

सर्वसम्मतरूपमा प्रधानन्यायाधीशको नाम तत्काल सिफारिस गरेमा कानुनको आवश्यकता नपर्ने उल्लेख गर्दै उहाँले उक्त कार्य नभएमा बारले चरणबद्धरूपमा आन्दोलन गर्ने बताउनुभयो । बागमती प्रदेशसभा सदस्य भरत केसीले आफ्नै नेतृत्वमा बार भवन निर्माण सुरू भएको उल्लेख गर्दै दोलखा बारले असहाय र न्याय पाउनबाट बञ्चितलाई निःशुल्क सेवा दिने गरेको जानकारी दिनुभयो ।

नेपाली कांग्रेस दोलखाका अध्यक्ष बर्मा लामाले देशको समग्र क्षेत्रमा सुशासन कायम गर्न न्याय क्षेत्रले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । नेकपा (एमाले) दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठले देशको विकृति र विसङ्गतिको अन्त्य गरी मुलुकमा सुशासन कायम गर्नका लागि न्याय क्षेत्रले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा (माओवादी केन्द्र)दोलखाका अध्यक्ष कुलबहादुर बुढाथोकीले सबैले न्याय पाउनुपर्ने र कोही पनि न्याय पाउने हकबाट बञ्चित हुन नपर्ने अवस्था सिर्जना हुनुपर्नेमा जोड दिनुभयो । नेपाल बार काउन्सिलका सदस्य डा चन्द्रकान्त ज्ञवालीले दलको इच्छाशक्ति भएमा संवैधानिक परिषद्का छ जनाको सहमतिमा प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न संविधान बाधक नभएको बताउनुभयो ।

वरिष्ठ अधिवक्ता लक्ष्मी उप्रेतीले न्यापालिकालाई रिक्त राख्नु नहुनेमा जोड दिँदै तत्काल प्रधानन्यायाधीश नियुक्त प्रक्रिया अघि बढाउन माग गर्नुभयो । सर्वोच्च बार एशोसिएसनका अध्यक्ष हरिशङ्कर निरौलाले १४ महिनासम्म कामुका भरमा न्यायालय नेतृत्वविहीन हुनु अन्यायपूर्ण भएको हुँदा प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया तत्काल माग गर्नुभयो ।

पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधानले न्यायापालिका नेतृत्वविहीन हुनु चिन्ताजनक विषय भएको र तत्काल प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन माग गर्नुभयो । नेपाल बारका पूर्वउपाध्यक्ष टीकाराम भट्टराईले सिङ्गो न्यायपालिकाले प्रधानन्यायाधीश तत्काल पाउनुपर्ने नत्र बार चुप लागेर बस्न नसक्ने चेतावनी दिनुभयो । उहाँले प्रधानमन्त्रीले तत्काल कार्यपालिकाको प्रमुखको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

दोलखा काठमाडौँ कानुन व्यवसायी समाजको संयोजक तथा वरिष्ठ अधिवक्ता मेघराज पोखरेलले दोलखाका कानुन व्यवसायीले अध्ययन गर्ने थलो बन्नु महत्वपूर्ण भएको उल्लेख गर्दै प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया तत्काल अघि बढाउन माग गर्नुभयो ।

दोलखा बार इकाइका अध्यक्ष कृष्ण बस्नेतले दोलखा बारको भवन निर्माणमा सहयोग गर्नुहुने र उद्घाटनमा सहयोग गर्ने सबैप्रति कृतज्ञता ज्ञापन गर्नुभयो । कार्यक्रममा कामु प्रधानन्यायाधीश कार्कीले दोलखा बारले प्रकाशन गरेको न्यायिक बिम्वको पनि सार्वजनिक गर्नुभएको थियो । रासस