६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

महामारीबाट पुनरुत्थानका लागि नेपाललाई १७ अर्ब ऋण दिँदै विश्व बैंक



अ+ अ-

काठमाडौँ । कोभिड–१९ को महामारी उत्थानशील पुनरुत्थानका लागि विश्व बैंकले नेपालका लागि १५ करोड अमेरिकी डलर (१७ अर्ब ५५ करोड) विकास नीति ऋण प्रदान गर्ने भएको छ । विश्व बैंकका कार्यकारी निर्देशकहरूको बैठकले बिहीबार ऋण स्वीकृति दिएको विश्व बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

‘महामारीको सामाजिक र आर्थिक प्रभावको अवस्थामा हाम्रो प्राथमिकता प्रभावित जनसंख्यालाई तत्काल राहत पुर्‍याउने र नेपालको हरित, उत्थानशील र समावेशी पुनरुत्थानमा सघाउने हो,’ विश्व बैंकका लागि नेपालसहित श्रीलंका र माल्दिभ्सका निर्देशक फारिस हदाद जर्भोसलाई उद्धृत गर्दै विश्व बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । वृद्धि, पुनरुत्थान र उत्थानशीलताका लागि पद्धतिगत वित्तीय नीति कार्यक्रमले नेपालको कर र भन्सार प्रणाली, ऋण व्यवस्थापन र सार्वजनिक पुँजी खर्चसहित संस्थागत र नियमनकारी भूमिका सुदृढीकरणका लागि सहयोग पुग्ने विश्व बैंकको अपेक्षा छ ।

यो ऋणले तत्काललाई स्वास्थ्य उत्तरदायित्वका लागि सहायता गर्नुका साथै सामाजिक सुरक्षा कार्यक्रमको आधुनिकीकरण, निजी क्षेत्रलाई पुँजी तथा डिजिटल समाधानमा पहुँच पुर्‍याउन साथै हरित पुनरुत्थान गर्न नियमनकारी जग बसाल्न सहयोग पुग्ने विज्ञप्तिमा जनाइएको छ । कान्तिपुर दैनिक