१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुहुन्छ: प्रधानमन्त्री प्रचण्ड



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिकता बिधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुने बताउनु भएको छ ।

बारा-२ मा सत्ता गठबन्धनको आमसभामा प्रधानमन्त्री दाहालले भन्नुभयो ‘यो पटक हामीले सदनबाट पारित गरेपछि रोक्ने राष्ट्रपति होइन, फुकाउने राष्ट्रपति आउनुभएको छ । यसपटक फुक्नेछ र छिट्टै नागरिकता समस्या समाधान हुनेछ ।’

उहाँले भन्नुभयो ‘अहिलेका राष्ट्रपतिले पहिलेका राष्ट्रपतिको जस्तो संसद्‌बाट पारित गरेर पठाएको नागरिकता विधेयक रोकेर राख्नु हुन्न ।’