१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर

हर्क साम्पाङद्वारा वडाध्यक्षहरुको राजीनामा माग

हर्क साम्पाङद्वारा वडाध्यक्षहरुको राजीनामा माग
फाइल फोटो
अ अ+ अ-

धरान । पटक–पटक कार्यापालिका बैठक बहिष्कार भएपछि सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ)ले फेरि वडाध्यक्षहरुको राजिनामा माग्नुभएको छ । यसअघि गत पुस १ गते पनि उहाँले कार्यपालिकासहित वडाध्यक्षहरुको राजीनामा माग्नुभएको थियो ।

“‘कसैले ‘म बैठक बस्दिन’ भन्न पाइँदैन त्यसैले कर्तव्य पुरा नगरेको र जनताको काम गर्न असक्षम भएको घोषणा गर्दै बैठक बहिष्कार गर्ने जति सबैले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएर बाटो प्रसस्त बनाई आम धरानबासी जनता र लोकतन्त्रलाई सहयोग गर्न अनुरोध छ”, नगरप्रमुख सम्पाङले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

विगत केही महिनादेखि बिना कुनै खास कारण पटकपटक कार्यपालिका बैठक बहिष्कार गरेर जनादेशको अपमान गर्दै जनताको सुशासन र विकास पाउनुपर्ने अधिकारमाथि खेलबाट गरिरहेको र आफ्नो कर्तव्य पूरा नगरेको उहाँले वडाध्यक्षहरुमाथि आरोप लगाउनुभएको छ ।

वडाहरुमा के–कस्ता योजना, कार्यक्रम सम्पन्न भए भन्ने जानकारी मागेको कुरालाई असहमति राखिरहनु पर्ने कुनै कारण नभएको भन्दै उहाँले वडाहरुमा के कस्ता, के कति काम भएका छन तुरुन्तै सार्वजनिक गर्न वडाध्यक्षहरुलाई निर्देशन समेत दिनुभएको छ ।

जनताको विकासका कामहरु गर्न गराउन निर्णय गर्नुपर्ने महत्त्वपूर्ण बैठकलाई बहिष्कार गर्नेहरुप्रति खेद प्रकट गर्दै उहाँले स्थानीय सञ्चालन ऐन, २०७४ को धारा १६ (४) को घ (वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुको काम, कर्तव्य र अधिकार) को १ अनुसारको कर्तव्य पूरा नगरेको देखिएकोले तुरुन्तै सच्चिएर बैठकमा उपस्थित हुन आह्वान गर्नुभएको छ ।