१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर

उपप्रधानमन्त्री श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री ज्वालाद्वारा सिद्धार्थ राजमार्गको अवलोकन

उपप्रधानमन्त्री श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री ज्वालाद्वारा सिद्धार्थ राजमार्गको अवलोकन
अ अ+ अ-

लुम्बिनी । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डमा निर्माण हुने सुरुङ मार्ग क्षेत्रको आज उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले स्थलगत अवलोकन गर्नुभएको छ । स्थलगत अवलोकनमा नेपालका लागि चिनियाँ राजदूतमा छेन सोङ पनि सहभागी रहनुभएको थियो ।

सुरुङमार्ग निर्माणस्थलको अवलोकनपश्चात भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले सुरुङ मार्गको निर्माणका लागि ठेक्का भइसकेको र छिट्टै निर्माणको काम सुरु हुने बताउनुभयो । उहाँले स्थलगत निरीक्षणपश्चात अब यससँग सम्बन्धित पक्ष निर्माण कम्पनी, मन्त्रालय सम्बद्ध कर्मचारीसँग छलफल गरेर यो योजना सुरु गर्न केही अफ्ठ्यारा भए तिनलाई फुकाउने छिटोभन्दा छिटो काम अगाडि बढाउने गरी सहजीकरण गर्ने बताउनुभयो ।

मन्त्रालयका सचिव केशवकुमार शर्माले शिद्धबाबा सुरुङ मार्ग स्वीस सरकारका विज्ञको सहयोगमा डिजाइन गरिएको र यो इपिसीका आधारमा निर्माण हुने भएकाले डिजाइनमा कुनै समस्या भए निर्माण व्यवसायी नै जिम्मेवार हुने बताउनुभयो । डिजाइनलगायत कुनै पनि समस्या देखाएर पन्छिन नपाउने निर्माण कम्पनीले निर्माणस्थलको सम्पूर्ण अवस्था हेरेर डिजाइन गर्ने भएकाले खासै जोखिम नभएको बताउनुभयो ।

सुरुङ मार्गको काम सुरु अघि पाल्पाको तिनाउ गाउँपालिका–२, दोभानमा साइट क्याम्प तयार गरेर चिनियाँ प्राविधिक र कामदारले काम गरिरहेका छन् ।
सुरुङ मार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनसँग एक वर्षअघि रु सात अर्ब ३४ करोड २१ लाख चार हजार चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता भएको थियो ।

हाल बुटवल–पाल्पा खण्डको तिनाउ गाउँपालिका–२, सिद्धबाबा मन्दिरदेखि पाल्पातर्फ एक हजार एक सय २६ मिटर दुरीमा सुरुङ मार्ग बनाउन रामापिथेकस पार्क तथा तिनाउ जलविद्युत्को ड्याम माथिबाट डाइभर्सन, साइट क्लियरेन्स, गुणस्तर मापनका लागि ल्याब स्थापना, क्रसर प्लान्टलगायत पूर्वतयारीका काम भइरहेका छन् ।रासस