६ श्रावण २०८३, बुधबार
,
Latest
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्वजनिक स्थलमा राती आएर फोहोर फाल्नेलाई १५ हजार रुपैयाँ जरिवाना



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले रातको समयमा आएर सडकमा फोहोर फाल्नेलाई १५ हजार रुपैयाँ जरिवाना तिराएको छ ।

गए राती वडा १४ को कुलेश्वर क्षेत्रमा बा ४ च ३३४ नम्बरको गाडीले बोरामा हालेको फोहोर फाल्दै गर्दा महानगरको रात्रीकालीन अनुगमन टोलीले पक्राउ गरेको थियो । जरिवाना तिराएर आज गाडीलाई फोहोरलाई जथाभावी नफाल्ने सर्त राखेर छोडिएको छ ।

महानगरले अनधिकृत फोहोर फाल्नेमाथि कडा निगरानी गरेको छ । वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठ भन्नुहुन्छ, ‘पुतली सडक क्षेत्रमा इन्टरनेट सेवा प्रदायकले तार काटेर सार्वजनिक आवागमनमा बाधा गरेको छ । दुर्घटनाको खतरा बढाएको छ । तार काटेर अनधिकृत फोहोर फाल्नेलाई चेतावनी दिएका छौँ । कारवाही गर्छौँ ।’