२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्रह्मास्त्र २ र ३ को सुटिङ एकैसाथ हुने



अ+ अ-

एजेन्सी । हालै निर्देशक अयान मुखर्जीले आफ्नो आगामी फिल्म ‘ब्रह्मास्त्र २’ र ‘ब्रह्मास्त्र ३’ को बारेमा जानकारी दिएका छन् ।

अयानले यसपटक ‘ब्रह्मास्त्र’को दुवै भाग एकैसाथ सुटिङ गर्ने बताए । उनले यसपटक चलचित्रलाई सफल बनाउन कुनै कसर बाँकी नराख्ने र चलचित्र लेखनमा विशेष ध्यान दिने बताए ।

भारतीय मिडियासँग कुरा गर्दै अयानले भने, ‘यसपटक हामी ‘ब्रह्मास्त्र २’ र ‘ब्रह्मास्त्र ३’ सँगै छायांकन गर्नेछौँ । यसपटक फिल्म लेख्न अझै समय लाग्न सक्छ भन्ने हामीलाई लागेको छ । मलाई थाहा छ यस पटक फिल्मबाट फ्यानको ठूलो अपेक्षा छ ।

अयानले अगाडि भने, ‘मलाई लाग्छ ‘ब्रह्मास्त्र’मा केही गल्तीहरू थिए । फिल्मलाई लिएर हामीले मिश्रित प्रतिक्रिया पाएका छौं । तैपनि हामीले धेरै राम्रो नम्बर पायौं, धेरैले हाम्रो फिल्म मन पराए ।’

गत वर्ष रिलिज भएको फिल्म ‘ब्रह्मास्त्र’ मा अत्यधिक भिएफएक्स प्रयोग गरिएको थियो । यस फिल्ममा रणवीर कपुर, आलिया भट्टसँगै अमिताभ बच्चन पनि थिए ।