५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

दलित र उत्पीडित व्यवस्थालाई समर्थन गर्ने संविधान उत्कृष्ट हुन सक्दैन: वामदेव गौतम

दलित र उत्पीडित व्यवस्थालाई समर्थन गर्ने संविधान उत्कृष्ट हुन सक्दैन: वामदेव गौतम
अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले दलित र उत्पीडित व्यवस्थालाई समर्थन गर्ने संविधान उत्कृष्ट हुन नसक्ने बताउनुभएको छ ।

आईतवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले नेपालको संविधान संसारकै उत्कृष्ट संविधान भन्ने गरिएको तर दलित र उत्पीडित व्यवस्थालाई समर्थन गर्ने संविधान उत्कृष्ट हुनै नसक्ने बताउनुभएको हो ।

उहाँले संविधानको भाषा उत्पीडितलाई रही रहोस् भन्ने नभएपनि भावना दलित र उत्पीडित व्यवस्था भइरहनुपर्छ भन्ने किसिमको रहेको दाबी गर्नुभयो । सांसद गौतमले नेपालको संविधानले छुवाछुत र भेदभाव अन्त्य गर्ने व्यवस्था नगरेको दाबी गर्नुभयो । उहाँले संविधानमा दलित समुदायको हक र अधिकार भन्नु नै दलितको र उत्पीडन रही रहन्छ भन्ने रहेको बताउनु भयो । उहाँले दलित भनेर छुवाछुत गर्नेकुरालाई जघन्य अपराध मानेर जन्मकैदको फैसलाको व्यवस्था संविधानमा गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो संविधानले छुवाछुत र भेदभाव अन्त्य गर्ने व्यवस्था गरेको छैन । हाम्रो ऐनले गरेको छैन । नियमावलीले झनै गर्नेकुरा नै भएन । यो संविधानमा दलित समुदायको हक र अधिकार भन्छ । भाषा उपयुक्त छ, कतै मलाई लाग्दैन । यसलाई अनुवाद गरेर अंग्रेजीमा भन्नुस्, संस्कृतमा भन्नुस्, उपयुक्त छैन । दलित व्यक्तिको अधिकार कर्तव्य के हो ? भनेपछि यसले स्वीकार गरेको छ की दलित समुदाय रही रहनेछ । त्यसलाई मद्दत हुनेगरी हामीले आरक्षण व्यवस्था गरेका छौँ ।

दलित भएको हुनाले संसदमा आउनुपर्ने व्यवस्था छ । जघन्य अपराधमा त्यो अपराध गर्ने व्यक्तिहरुलाई मुक्ति दिनको निम्ति पीडित पक्षलाई केही न केही दिएर खुशी पारेको जस्तो देखाउने र सधैँभर दलित राखिरहने, पीडित राखिरहने, उत्पीडन गरिरहने र यो जघन्य अपराधले हाम्रो समाज, हाम्रो संस्कृति र हाम्रो भविष्य कलंकित भइरहेको छ । कलंकित हुनेछ । हामीले सानातिना टालो लगाएर कपडा चुन्ने जस्तो होइन । नयाँ व्यवस्थामा ल्याउँ । नयाँ अवस्थामा प्रवेश गरौँ । मान्छेले मान्छे जस्तै व्यवहार गर्नुपर्छ । मान्छेले जंगली व्यवहार गर्ने, मानवले अमानवीय व्यवहार गर्ने त्यो व्यवस्था गर्नेमाथि कारबाही हुने व्यवस्था गरौँ ।

यो संविधानमा भएको दलितको अधिकार र कर्तव्य भन्ने समाप्त गर्नुपर्छ । जतिसक्दो छिटो संशोधन गर्नुपर्छ । हामीले कलंक बोकेर संसारको सबैभन्दा उत्कृष्ट संविधान भन्छौँ । उत्कृष्ट संविधान हो, जसले दलित र उत्पीडित व्यवस्थालाई समर्थन गर्छ ? भाषा त्यस्तै छैन, त्यो भन्दा अर्को अर्थ लाग्दैन । हामी उनीहरुलाई खुशी बनाउन चकलेट दिन चाहन्छौँ, चुप लागेर बस भनेर । कसको निम्ति ? त्यही उत्पीडन गर्ने समुदायको निम्ति ? भेदभाव र छुवाछुत गर्नेलाई आजीवन कारावासको सजाय हुनुपर्छ । छुवाछुत र भेदभाव गर्नेलाई जघन्य अपराध घोषणा गरौँ ।’

सांसद गौतमले छुवाछुत र भेदभावलाई जघन्य अपराध घोषणा गर्न माग गर्नुभयो ।