५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

यस्ता यस्ता बदर मत ! मतदाता शिक्षाको कमी कि दलप्रतिको वितृष्णा ?

यस्ता यस्ता बदर मत ! मतदाता शिक्षाको कमी कि दलप्रतिको वितृष्णा ?
file
अ+ अ-

बलेवा । सानो मत पत्र, चुनाव चिन्ह थोरै । एउटा मत पत्रमा एक सङ्केत मात्रै गरे पुग्ने । स्थानीय तहको सक्रियतामा घरघरमा स्वयंसेविका खटाएर दिइएको मतदाता शिक्षा । उम्मेद्वार तथा दलहरुले आ–आफ्नो चिन्हमा मत राख्नका लागि सञ्चालन गरेको मतदाता शिक्षा ।

मतदानको दुई दिन पहिलेसम्मका यी सबै क्रियाकलाप हेर्दा लाग्थ्यो– यो पटक बदर मत निकै कम आउँछ । स्थानीय निर्वाचनमा बदर मत धेरै देखिएपछि यसपटक मतदाता शिक्षा पनि दिइएको हो । महिला स्वास्थय स्वयंसेविकालाई खटाएर पनि यस्तो शिक्षा दिइयो भने अर्कातर्फ राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले पनि घरघर पुग्ने अभियानमा पनि मत हाल्न सिकाएकै थिए । तर, शिक्षा र सचेतनाको कमी भनौँ या दल या उम्मेद्वारहरुप्रतिको बितृष्ण । धेरै र अनेक तरहका बदर मत भेटिएका छन् बागलुङमा ।

मतगणना जारी रहेको बागलुङ क्षेत्र नं १ प्रतिनिधिसभामा छ वटा चुनाव चिन्ह छन् । मत सङ्केत गर्न निकै सहज मतपत्र हुँदा–हुँदै पनि मतदाताले भने एउटा मात्रै मतपत्रमा स्वस्तिक छाप लगाउनुपर्नेमा छवटै चिन्हमा छाप लगाएका छन् । यस्तो बदर मतको सङ्ख्या गन्ने हो भने उल्लेख्य छ । मत पत्रमा रहेका कुनैपनि चिन्हमा छाप नलगाएका मतपत्रको संख्यामा पनि कमी छैन । नेपालको संविधानले नो–भोटको व्यवस्था गरेको छैन । त्यसैले मतपत्रमा नो भोटको विकल्प राखिएको छैन । सायद यसैको प्रतिफल पो हो कि ? मानिसहरुले नो भोटको स्वरुपमा मत बदर गराइरहेको देखिँदैछ ।

। केही बदर भएका मतपत्र यस्ता छन् जहाँ नो भोट लेखेर छाप नलगाइ छोडेको पाइयो । बागलुङ क्षेत्र नं १ मा १४ हजार १२३ मत गणना हुँदा ४५९ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको सूचनामा उल्लेख छ । बदर मतमध्ये अधिकांश जानीबुझी बदर बनाइएका मत छन् भन्ने स्पष्ट देखिने गणनामा बसिरहेका अधिकारीहरु बताउँछन् ।

‘‘कैयौँ मत खाली छन्, सायदै कसैले नजानेर खाली खसालेको होस्’’, मत गणनामा सहभागी एक कर्मचारीले भने ‘‘कतिपय मतपत्रमा नो भोट लेखेको भेटेका छौँ भने कुनै मतपत्रमा चाहिँ सबै चिन्हमा छाप लगाइएको पनि छ’’ दलहरु तथा उम्मेद्वारहरुप्रतिको बितृष्णा मतदाताले मतपत्रमा पोखेको भेटेको ती कर्मचारीले बताए । बागलुङ क्षेत्र नं १ प्रदेशसभा ‘क’मा १५ हजार ९०३ मत गणना हुँदा ३५२ र प्रदेशसभा ‘ख’मा १५ हजार १६५ मत गणना हुँदा ३९१ मत बदर भएका छन् ।

‘‘बृद्धबृद्धा र अशक्तहरुका मत वारेसमार्फत खसेका हुन्, एकाघरको व्यक्तिलाई वारेस बस्न दिइएकाले बदर कम हुनुपर्ने हो’, नेकपा एमालेका जिल्ला कमिटि सचिवालय सदस्य खगेन्द्र पौडेलले भन्नुभयो ‘‘सबै चिन्हमा लगाउने, खाली मत खसाल्ने गतिबिधि नजानेर भन्दा जानेरै गरेको हुनुपर्छ ।’’

दलहरुले बदर मत, बिगतका निर्वाचनमा भन्दा फरक नतिजा आउनेगरी खसेको मत र मत जाहेर गर्दा मतदातामा देखिएको बितृष्णा किन उत्पन्न भैरहेको छ भन्ने विषयको अब खोजी हुनुपर्ने बागलुङ नगरपालिका–२ का युवा मनिष रायमाझी बताउनुहुन्छ ।
‘‘एक मतदाताले भने मैले मत दिएँ तर मन लागेर दिएको होइन । आफ्नो अधिकार प्रयोग गरौँ भनेर गएँ तर सबैमा लगाइदिएँ’’, बागलुङ नगरपालिका–२ का एक मतदाताले भने ‘‘निर्वाचन हारजीतको खेल मात्रै भयो, जितेकाले जनतालाई फर्केर हेरेनन्, नत उनीहरु चुनाव जितेर गएपछि जनताका दुःख के छन् भनेर हाम्रो घरमा फर्केर आए, त्यसैले मलाई मत दिनै मन लागने ।’’

स्थानीय तहको निर्वाचनको समयमा एउटै मतपत्रमा धेरै ठाउँमा छाप लगाउनुपथ्र्याे त्यसैले भुलबस या नजानेर पनि मत बदर हुने सम्भवान धेरै थियो । तर अहिले त्यस्तो छैन । सानो मतपत्र, थोरै उम्मेदवार र स्पष्ट र थोरै चिन्हहरु । तर पनि यो निर्वाचनमा बदर मत धेरै अनि विभिन्न स्वरुप र तरहमा आएका छन् । त्यसैले आगामी निर्वाचनहरुमा सम्बद्ध व्यक्ति र निकायले यस विषयमा सोचविरचार गर्नुपर्ने देखिन्छ ।