२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनपछिको नारायणकाजीको टिप्पणी: बुद्ध शिक्षालाई मनन गरौँ



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले निर्वाचन प्राप्त भइरहेका निर्वाचन परिणामले निश्चित सन्देशहरु दिएको बताउनुभएको छ ।

अघिल्लो निर्वाचन अर्थात २०७४ को प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ ३६ सिट जितेको माओवादी केन्द्रले अहिलेको ताजा रुझान हेर्दा १७ सिट जित्ने अपेक्षा गरिएको छ । समानुपातिकतर्फ पनि उसको धेरै मत आउने अवस्था देखिएको छैन ।

यसले माओवादी केन्द्रको जनाधार ह्वात्तै घटेको देखिएको छ । हालै आइरहेका निर्वाचनका परिणामलाई लिएर उपाध्यक्ष श्रेष्ठले पार्टीले यसबारेमा समग्र विश्लेषण र संश्लेषण गर्नुपर्ने बताउनुभएको छ ।

माओवादीको अवस्था कसरी यस्तो भयो भन्नेबारेमा धेरै घोत्लिनुपर्ने स्थिति नरहेको उहाँले उल्लेख गर्नुभएको छ । उहाँका अनुसार निष्कर्ष सहज बोधगम्य ९बुझ्न सकिने० नै छ ।

उहाँले अब पार्टीले बुद्ध शिक्षाका महत्वपूर्ण शिक्षाको एक अंशलाई उद्धृत गर्दै भन्नुभएको छ, “यसलाई मनन गरौँ, सबै आँधिबेरीहरु तपाईंको जीवन ध्वंश गर्न मात्र आउँदैनन्, कुनै तपाईंको बाटो सफा गर्न पनि आउँछन् ।”

निर्बाचन परिणाम आइरहेका छन् । यसले निश्चित सन्देशहरु दिएको छ । यसबारेमा समग्र बिश्लेषण ,संश्लेषण गर्नै पर्छ । त्यसको लागि धेरै घोत्लिनु पर्ने स्थिति पनि छैन । निष्कर्ष सहज बोधगम्य नै छ । तर अहिले यति मात्र : बुध्द शिक्षाको महत्वपुर्ण निम्न अंश लाई मनन गरौं । ” सबै आँधिबेरीहरु तपाइको जीवन ध्वंश गर्न मात्र आउदैनन् , कुनै तपाइको बाटो सफा गर्न पनि आउछन् ।”