५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

देउवालाई गगनको चुनौती

देउवालाई गगनको चुनौती
अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । समग्र निर्वाचनको परिणाम आइसकेको छैन । निर्वाचन नतिजा नआएसम्म आगामी सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे प्रष्ट हुनेछैन । अबको केही दिनमा कसले सत्तारोहण गर्ने हो भन्ने केही संकेत आउने नै छ ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरी निर्वाचनमा होमिएका छन् । त्यसैगरी प्रमुख विपक्षी नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केही स्थानमा तालमेल गरी उम्मेदवारी दिएका छन् ।

सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पुनः प्रधानमन्त्री बन्ने दौडमा हुनुहुन्छ । सत्ता गठबन्धनका अन्य सहयोगी दलहरुले सत्ता गठबन्धनले बहुमत ल्याए अबको प्रधानमन्त्री देउवा हुने बताइसकेका छन् ।

स्वयं प्रधानमन्त्री देउवाले पनि आफ्नो निर्वाचन क्षेत्र डडेल्धुरामा चुनावी प्रचारप्रसारका क्रममा गर्नुभएको सम्बोधनमा डडेल्धुराबासीलाई आफूलाई निर्वाचित गराए भावी प्रधानमन्त्रीलाई निर्वाचित हुने बताउनुभएको थियो ।

२०४८ सालदेखिका संसदीय निर्वाचनमा लगातार छ पटक विजयी बन्नुभएका देउवा यसपटक पनि निर्वाचित हुनु भएकाे छ  ।

प्रधानमन्त्री देउवाले एक सञ्चारमाध्यमसँगको कुराकानीमा डडेल्धुराबासीले आफूलाई सांसदका रुपमा मात्र नभई भावी प्रधानमन्त्रीका रुपमा निर्वाचित गराउने बताउनुभएको थियो ।

हुन त उहाँलाई ज्योतिषी सुरेशचन्द्र रिजालले सात पटक प्रधानमन्त्री बन्ने भविष्यवाणी नै गर्नुभएको छ । पाँचपटक प्रधानमन्त्री भइसक्नुभएका देउवा अब छैटौँ पटक सत्ताको बागडोर लिन अग्रसर हुनुहुन्छ ।

तर उहाँलाई प्रधानमन्त्री बन्ने बाटोमा उहाँकै पार्टी कांग्रेसका महामन्त्री गगन थापाले चुनौती दिनुभएको छ । काठमाडौँ निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा आज निर्वाचित भएपछि उहाँले संसदीय दलको नेताका लागि आजैबाट प्रक्रिया थाल्ने बताउनुभएको छ ।

प्रधानमन्त्री बन्नका लागि सबैभन्दा पहिला संसदीय दलको नेता बन्नुपर्ने संवैधानिक व्यवस्था छ । थापाले देउवालाई संसदीय दलको नेतामै चुनौती दिनुभएको छ । उहाँले मुलुक चलाउनका लागि युवा नेतृत्वको खाँचो रहेको भन्दै संसदीय दलको निर्वाचनको तयारीमा लाग्ने बताउनुभयो ।

“मतदाताको मनमा के छ । मनको कुरा पनि व्यक्त गर्नुभएको छ । त्यो पूरा गर्नुपर्छ”, उहाँले भन्नुभयो । अहिले जनताले स्थायित्वमात्रै नभई नेपाललाई हाक्ने नयाँ चालक पनि खोजेको उहाँले बताउनुभएको छ । “त्यो चालक कांग्रेसभित्रै छन् । यो बहस पार्टीभित्र पनि भइसकेको छ । कांग्रेसले नयाँ नेतृत्व दिन जरुरी छ । देशभरबाटै यो विचार व्यक्त भएको छ”, उहाँले भन्नुभयो ।

उहाँले निर्वाचनअघि पनि चुनावी सम्बोधनका क्रममा आफू र आफ्नो पुस्ताले अबको निर्वाचनपछि प्रधानमन्त्रीको लागि हस्तक्षेप गर्ने बताउनुभएको थियो ।

उहाँले प्रतिनिधिसभा निर्वाचनबाट ‘चेन ब्रेक’ गरेर प्रधानमन्त्रीका लागि नयाँ अनुहार ल्याउने तयारी गरिहेको भन्दै अब आफ्नो पुस्ताका नेताहरु प्रधानमन्त्रीको लागि तयार योग्य रहेको र त्यसैको तयारीमा आफूहरु रहेको बताउनुभएको थियो ।

कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले अर्का गगन थापाले प्रधानमन्त्रीको दाबी गरेमा आफ्नो समर्थन रहने बताइसक्नुभएको छ । सांसद तथा मन्त्री भइसकेकाले गगनले प्रधानमन्त्रीको दाबी गर्नु स्वाभाविक रहेको उहाँले बताउनुभएको छ ।

त्यस्तै काठमाडौँ १ बाट निर्वाचित प्रकाशमान सिंहले पनि आफू प्रधानमन्त्रीको दावेदार रहेको बताउनुभएको छ । “प्रधानमन्त्रीका लागि म पनि स्वाभाविक उम्मेदवार हूँ, साथीहरुसँग छलफल गरेर संसदीय दलको नेतृत्वका लागि तयारी गर्नेछु”, उहाँले भन्नुभएको छ ।

मतगणनाको परिणामले संसदीय समीकरण कस्तो बन्ने भन्ने टुंगो लागिसकेको छैन । परिणामले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने हो कि वा अन्य दलले नेतृत्व लिने अवस्था आउने हो अहिले नै भन्न सकिने अवस्था छैन ।