२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेमा राप्रपाका डा धवलशम्शेर विजयी



अ+ अ-

बाँके । बाँके–२ मा राप्रपाका महामन्त्री डा धवलशम्शेर राणा विजयी हुनुभएको छ । एमाले–राप्रपा गठबन्धनबाट विजयी हुनुभएका राणाले २९ हजार पाँच सय ७७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी मोहम्मद इस्तियाक राईले २३ हजार पाँच सय २० मत प्राप्त गरेर दोस्रो स्थान हासिल गर्नुभएको छ । नेपाली कांग्रेसका सुदीपनरसिंह राणा चार हजार चार सय तीन मत ल्याएर तेस्रो हुनुभएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको दुईपटक प्रमुख हुनुभएका राणालाई साझा उम्मेदवारका रूपमा हेरिएको थियो । क्षेत्र नं २ मा ९७ हजार आठ सय तीन मतदाता रहेका थिए ।

बाँके क्षेत्र नं २ (१) बाट जसपाका भण्डारीलाल यादव विजयी हुनुभएको छ । जनता समाजवादी पार्टी(जसपा) नेपालका यादवले निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले–राप्रपा) गठबन्धनतर्फका एमालेका विजयबहादुर यादवलाई हराउँदै विजयी हुनुभएको हो । उहाँ दुई हजार दुई सय मतान्तरले विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जसपाका यादवले कुल ११ हजार पाँच सय चार मत प्राप्त गर्नुभएको छ । दोस्रो स्थानमा रहेका एमालेका विजयबहादुर यादवले नौ हजार तीन सय ५८ मत पाउँदा नेपाली कांग्रेसका राजकुमार कुर्मीले आठ हजार सात सय ३१ मत पाउनुभएको छ । बाँके २ ९१०मा ३५ हजार आठ सय ६८ मत खसेको थियो । त्यसमा ३३ हजार चार सय ८५ मत सदर भएको थियो भने दुई हजार तीन सय ८३ मत बदर भएको थियो ।

बाँके २९२० बाट जसपाका आदेशकुमार अग्रवाल आठ हजार दुई सय ४६ मत पाएर विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका निरक गुरुङले छ हजार सात सय नौ मत पाउँदा कांग्रेसका सुरेन्द्रबहादुर हमालले छ हजार दुई सय ४६ मत पाउनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।