७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन

शान्तिपूर्ण रूपमा मतदानमा सहभागी हुन चन्द नेतृत्वको नेकपालाई सरकारको आग्रह

शान्तिपूर्ण रूपमा मतदानमा सहभागी हुन चन्द नेतृत्वको नेकपालाई सरकारको आग्रह
file
अ+ अ-

बुटवल । नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई राजनीतिक मूलधारमा ल्याउन सरकार र उक्त समूहबीच द्विपक्षीय वार्ता भएको छ । गृहमन्त्री बालकृष्ण खाणले दुई दिनअघि भैरहवामा नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मासँग वार्ता भएको जानकारी दिनुभयो ।

रुपन्देहीको तिलोत्तमास्थित करौजियामा मंगलबार एक कार्यक्रममा गृहमन्त्री खाणले वार्तामा कारागारमा रहेका बन्दीलाई प्रक्रिया मिलाएर छाड्ने, मुद्दा फिर्ता लिने लगायतका विषयमा कुराकानी भएको बताउनुभयो ।

पूर्ववर्ती सरकारले गरको सम्झौताअनुरुप कतिपयलाई छाडिसकिएको पनि मन्त्री खाणले जानकारी दिनुभयो । अन्यलाई कारागारमुक्त गर्न कानून संशोधनका लागि फाइल कानून मन्त्रालयमा पठाइसकिएको उहाँको भनाइ थियो ।

मन्त्री खाणले नेकपा कार्यकर्तासमेत निर्वाचनमा भाग लिन खोजे प्रशासनले धरपकड नगर्ने र अन्य नागरिकसरह मतदान गर्ने अवसर दिइने प्रस्ताव गरेको जानकारी दिनुभयो । यद्यपि मतदान बिथोल्न खोजे र मतदातालाई आतंकित पार्न खोज सरकार चुप लागेर नबस्ने उहाँले वार्ताका क्रममा भनेको बताउनुभयो ।

उहाँका अनुसार नेकपा वार्ता टोलीका संयोजक विश्वकर्माले काठमाडौँमा जारी रहेको सो पार्टीको बैठकमा प्रस्ताव राख्ने र सरकारसँग थप छलफल तथा सम्झौता गर्ने जानकारी दिनुभएको छ ।