७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन

कांग्रेस सभापति देउवा नेता कार्यकर्ता भेटघाटमा व्यस्त

कांग्रेस सभापति देउवा नेता कार्यकर्ता भेटघाटमा व्यस्त
अ+ अ-

सुदूरपश्चिम । धनगढीस्थित आफ्नो निजी निवासमा रहनुभएका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीका नेता कार्यकर्तासँगको भेटघाटमा व्यस्त रहनुभएको छ ।

आसन्न मङ्सिर ४ गते हुने निर्वाचनमा गृह जिल्ला डडेल्धुराको प्रतिनिधिसभा सदस्यका प्रत्यासी रहनुभएका प्रधानमन्त्री देउवाले निवासमा नेता कार्यकर्तालाई बोलाएर भेटघाट र छलफललाई तीव्रता दिनुभएको हो । चुनावी प्रचारका लागि आफ्नो गृह जिल्लामा भएका सभामा सहभागी भएर आइतबार धनगढी फर्किनुभएका प्रधानमन्त्री देउवाले खासगरी टिकट वितरणपछि असन्तुष्ट नेता कार्यकर्तासँग भेटघाट गरिरहनुभएको हो । भेटघाटका क्रममा देउवाले आसन्न चुनावी अवस्थाका विषयमा जानकारी लिइरहनुभएको हो ।

देउवाले आज आफूसँगको भेटमा उम्मेदवारी निस्क्रिय पारेर पार्टी र सत्ता गठबन्धनको पक्षमा लाग्न आग्रह गर्नुभएको कांग्रेसका नेता गोविन्दराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “सभापतिले आज मलाई बोलाएर स्वतन्त्र नलड, पार्टीमा फर्किएर काम गर भन्नुभयो, मैले धेरै अगाडि बढिसकेकाले चुनाव लड्न दिनुस् भनेँ ।”

जोशीले कैलाली निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । सोही क्षेत्रबाट कांग्रेसका युवा नेता लक्ष्मण शाही पनि स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । सो क्षेत्रमा सत्ता गठबन्धनले नेकपा (एकीकृत समाजवादी)का अमरबहादुर साउदलाई टिकट दिएको छ ।

कैलाली निर्वाचन क्षेत्र ५ (धनगढी क्षेत्र)को प्रतिनिधिसभा सदस्यमा कांग्रेसले नेता डिल्लीराज पन्तलाई टिकट दिएको छ भने पूर्वराज्यमन्त्री पुष्करनाथ ओझा यसै क्षेत्रबाट स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । पाँच वर्षअघिको निर्वाचनमा यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको प्रत्यासी रहनुभएकी कांग्रेस नेत्री डा आरजु राणा देउवालाई अन्तरघात गरेर पराजित गरेको भन्दै कांग्रेसका नेता रहेका ओझा पार्टीको कारबाहीमा पर्नुभएको थियो ।

अहिले ओझाको पक्षमा कतिपय नेता कार्यकर्ता लागेपछि पार्टी सभापति देउवाले नेता कार्यकर्तालाई मनाउने कोसिस गरिरहनुभएको हो । क्षेत्र नं ५ कै प्रदेशसभा (२) मा कांग्रेस नेता प्रकाश देउवालाई टिकट दिइएको छ । प्रदेशसभाको यसै क्षेत्रबाट कांग्रेसका युवा नेता क्षितिज भण्डारीले पार्टीबाट राजीनामा गर्दै स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

यसैबीच प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री देउवाले कात्तिक २३ गते बैतडी र दार्चुलामा हुने गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको जानकारी दिनुभयो । सोही कार्यक्रमलाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालले पनि सम्बोधन गर्नुहुने बताइएको छ ।