२० मंसिर २०८२, शनिबार
,
Latest
अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन केन्द्रित समाचार तथा विज्ञापन एकपक्षीय रूपमा सम्प्रेषण नगर्न आग्रह



अ+ अ-

काठमाडौँ । प्रेस काउन्सिल नेपालले निर्वाचन केन्द्रित समाचार तथा विज्ञापनहरु एकपक्षीय रूपमा सम्प्रेषण नगर्न आग्रह गरेको छ ।

सोमबार काउन्सिलले जारी गरेको विज्ञप्तिमा सञ्चारमाध्यमलाई निर्वाचनको प्रचारप्रसारको क्रममा निर्वाचनमा सहभागी राजनीतिक दलका आमसभा/भेला जस्ता कार्यक्रम चलिरहेको अवस्थामा यस्ता कार्यक्रमहरूको समाचार एकपक्षीय रूपमा सम्प्रेषण नगर्न भनेको हो ।

साथै सञ्चार माध्यमबाट राजनीतिक दल तथा उम्मेदवारको मतआह्वान विज्ञापनहरू प्रकाशन/प्रसारण गर्दा निर्वाचन आचारसंहिता बमोजिम सो विज्ञापनमा सःशुल्क भएको जनाउ दिनुपर्नेमा समेत ध्यानाकर्षण गरेको छ ।

काउन्सिलले आफ्नो अधिकार क्षेत्रभित्र रहेर गरिएका कतिपय अनुगमन, कारबाही, अपिलजस्ता विषयलाई अन्यथा रूपमा नबुझ्न सम्बन्धित पक्षलाई आग्रह पनि गरेको छ ।

प्रेस काउन्सिल नेपाल स्वस्थ, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकास तथा सम्बद्र्धनको लागि कटिवद्ध रही आफ्नो अधिकार क्षेत्रभित्र रहेर गरिएका कतिपय अनुगमन, कारबाही, अपिलजस्ता विषयलाई अन्यथा रूपमा नबुझ्न र भ्रमपूर्ण तवरले प्रचार–प्रसार नगर्न प्रेस काउन्सिल नेपाल सरोकारवाला पक्षहरूसंग अनुरोध गर्दछ, काउन्सिलका सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहोराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अनुगमनका क्रममा कतिपय सञ्चार माध्यमबाट राजनीतिक दल तथा उम्मेदवारको मतआह्वान सम्बन्धी विज्ञापनहरू प्रकाशन/प्रसारण भइरहेको उल्लेख गर्दै तोकिएको आकार, समय र पटकलाई ध्यान दिन भनिएको छ ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा २५ (घ) मा ‘राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको लागि निःशुल्क विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नहुने’ र २५(ङ) मा दफा १५ बमोजिम राजनीतिक दल वा उम्मेदवारको निर्वाचन सम्बन्धी विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्दा सो विज्ञापनमा सःशुल्क भएको जनाउ दिनुपर्ने’ व्यवस्था रहेको छ ।

तसर्थ विज्ञापन प्रकाशन/प्रसारण गर्दा निर्वाचन आचारसंहिता, २०७९ को दफा १५ मा भएको व्यवस्थाअनुसार आकार, समय र पटकलाई ध्यान दिइ सःशुल्क जनाउ गरी प्रकाशन÷प्रसारण गर्नेतर्फ ध्यान दिनु हुन सम्पूर्ण सञ्चार माध्यमलाई यही विज्ञप्तिमार्फत् अनुरोध गरिन्छ, त्यसमा उल्लेख छ ।