५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

जलविद्युत र पर्यटनमा इन्डोनेशियाको लगानी भित्र्याउन प्रधानमन्त्री देउवाको आग्रह

जलविद्युत र पर्यटनमा इन्डोनेशियाको लगानी भित्र्याउन प्रधानमन्त्री देउवाको आग्रह
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जलविद्युत, पर्यटन र अन्य सम्भावित क्षेत्रमा इन्डोनेशियाको लगानी भित्र्याउन सहजीकरण गर्न नेपालका लागि इन्डोनेशियाका राजदूतलाई आग्रह गर्नुभएको छ ।

मंगलबार बालुवाटारमा नेपालका लागि इन्डोनेशियाका राजदूत हेरु हारतान्तो सुबोलोसँगको भेटमा प्रधानमन्त्री देउवाले उक्त कुरा बताउनुभएको हो ।
“प्रधानमन्त्रीज्यूले पर्यटन, जलविद्युत तथा अन्य सम्भावित व्यवसायमा इन्डोनेशियाको सरकारी तथा निजी क्षेत्रको लगानी भित्र्याउन तथा नेपालको हिमाली पर्यटनलाई इन्डोनेशियाका पर्यटकबीच प्रवद्र्धन गर्न आग्रह गर्नुभएको छ,” प्रधानमन्त्रीलाई उदृतगर्दै नेपालका लागि इन्डोनेशियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकालले बताउनुभयो ।

प्रधानमन्त्री देउवाले नेपालमा गणतन्त्र इन्डोनेशियाको आवासीय दूतावास स्थापनाका लागि इन्डोनेशियाको सरकारलाई आग्रह गर्नुभएको छ ।
देउवाले इन्डोेनेशियन जनतालाई शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि लुम्बिनी भ्रमणका लागि समेत आग्रह गर्नुभएको छ ।

उक्त भेटमा नेपालका लागि गणतन्त्र इन्डोनेशियाका राजदूत सुबोलोले नेपालमा आवासीय दूतावास स्थापनाको लागि आफू सकारात्मक रहेको बताउदै नेपालका प्रधानमन्त्रीको यो सन्देश इन्डोनेशिया सरकारसँग आफूले पु-याइदिने बताउनुभएको छ ।

राजदूत सुबोलोले कूटनीतिक तथा सरकारी राहदानीबाहकहरुलाई भिसा सहजीकरणको लागि दुई देशबीच छिट्टै सम्झौता हुने बताउनुभयो ।
आगामि अक्टोबर महिनामा इन्डोनेशियामा आयोजना हुन गइरहेको ट्रेड एक्स्पोको प्रवद्र्धनक्रममा नेपालमा रहेका राजदूत सुबोलोले नेपाल र इन्डोनेशियाबिच दुई पक्षीय व्यापार तथा लगानी प्रवद्र्धन गर्न एक्स्पोले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

“दुई देशबीच व्यापार तथा लगानीका प्रचुर सम्भावनाहरु रहेका छन् । यसलाई थप सहजीकरण गर्दै दुई देशको आपसी फाइदाका लागि काम गर्न इन्डोनेशिया सरकार सकारात्मक छ । यही अक्टोबरमा हुन गइरहेको ट्रेड एक्स्पोले पनि यसमा थप सहयोग पुग्नेछ” राजदूत सुबोलोले भन्नुभयो ।
उहाँले नेपाल भ्रमणका लागि इन्डोनेशियाका पर्यटकलाई सहज वातावरण बनाउन आग्रह गर्दै नेपालीहरुलाई इन्डोनेशिया भ्रमण गर्दा सहज वातावरण बनाउनका लागि अन अराईभल भिसा उपलब्ध गराउनेसम्बन्धी काम भइरहेको जानकारी गराउनुभएको थियो ।

भेटमा नेपालका लागि इन्डोनेशियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकाल, दूतावास तथा वाणिज्य दूतको कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।