५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

व्यवसाय दर्ता र करको दायरा बढाउन सहजीकरण गर्दैछाैंः उपमेयर डंगोल

व्यवसाय दर्ता र करको दायरा बढाउन सहजीकरण गर्दैछाैंः उपमेयर डंगोल
अ+ अ-

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरले करको दायरा बढाउनको लागि खेल्नुपर्ने भुमिकामा सहजिकरण गर्न तयार रहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा ग्रिल तथा स्टिल व्यवसायी संघले वागमती अधिकार सम्पन्न सभ्यता एकीकृत समितिलाई सरसफाई औजार तथा बिरुवा सुरक्षा जाली हस्तान्तरण कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले व्यवसायीहरुलाई व्यवसायी दर्तामा समेत सहजिकरण गर्ने र करको दायरा बढाउने काममा सहजिकरण गर्ने बताउनुभएको हो ।

उहाँले अहिले काठमाडौं महानगरभित्र व्यवसाय दर्ता नगरी सञ्चालनमा आएको गुनासो आइरहेको भन्दै करको दायराको विषय उपप्रमुखको अधिकार पनि भएकाले विशेष ध्यान दिने प्रतिवद्धता जनाउनु भयो ।

उपप्रमुख डंगोलले महानगरमा व्यवसाय दर्ता गर्दा तथा करको विषयमा विभिन्न असहजता रहेको विषयमा व्यवसायी र महानगर बसेर छलफल गर्ने बताउनुभयो ।

उपप्रमुख डंगोलले व्यवसाय दर्ता गर्दा व्यवसायीहरुलाई असहज नहुने र महानगरमा पनि रेकर्ड रहने र करको दायरा बढाउने गरी काम गर्न प्रतिवद्ध रहेको बताउनु भयो । संघले समितिलाई बिरुवाको सुरक्षाको लागि आवश्यक पर्ने तारजाली करिव ७ लाख ४४ हजार ५ सय बराबरको सामग्री हस्तान्तरण गरेको छ ।