५ श्रावण २०८३, मंगलवार
,
Latest
गड्यौला मलले बदलिँदै तुलसीपुरका किसानको दैनिकी, बढ्दै प्राङ्गारिक खेतीको आकर्षण आइएमईद्वारा बीवाईडी एट्टो १ ईभी विजेतालाई पुरस्कार हस्तान्तरण साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्य एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन कीर्तिपुरमा आगलागी भएको गाडीबाट पुरुषको शव बरामद वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव वैदेशिक रोजगारका ४० हजारभन्दा बढी पुराना फाइल डिजिटलाइज गरिँदैः ठगी शुन्यमा झार्ने श्रममन्त्रीको उद्घोष
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेना र अमेरिकी सेनाको संयुक्त तालिम आजदेखी



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच ३९औँ संस्करणको एक महिने एक्स–ब्यालेन्स नेल नामक संयुक्त तालिम मङ्गलबारदेखि सुरु हुँदैछ ।

नेपाली सेनाको सिंह महावीर योजना तथा समन्वय महाशाखाअन्तर्गत रहेका रेञ्जर गण र अमेरिकी सेनाको टुकडीबीच आगामी भदौ ३१ गतेसम्म संयुक्त तालिम अभ्यास सञ्चालन हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाका अनुसार, २०६० सालदेखि नै नेपाली सेना र अमेरिकी सेनाबीच सञ्चालन हुँदै आएको तालिम रक्षा मन्त्रालयको स्वीकृतिमा सञ्चालन हुन लागेको हो ।

नेपाली सेनाका ८० तथा अमेरिकी सेनाका १६ जना सम्मिलित उक्त संयुक्त अभ्यासका क्रममा द्वन्द्वका समयमा कानुन कार्यान्वयन तथा सैनिकको निर्णय प्रक्रिया लगायतका विषयमा केन्द्रित रही छाउनी र नगरकोट इलाकामा सञ्चालन हुनेछ ।

तालिमका लागि क्याप्टेन ब्लाक डुक्याटेलको नेतृत्वमा आवश्यक सैन्य सामग्रीसहित अमेरिकी सेनाको टुकडी साेमबार नेपाल आइपुगेको निर्देशनालयले जनाएको छ ।