२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशको आर्थिक समृद्धिका लागि कृषिलाई उद्योगको रुपमा विकास गर्न आवश्यक: पम्फा भुसाल



अ+ अ-

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले देशको आर्थिक समृद्धिका लागि कृषि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा गुरु ट्राभल्स लिमिटेडको समुद्घाटन तथा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले देशको समृद्धिका लागि कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको हो । उहाँले कृषिमा आत्मनिर्भर हुनुपर्ने र कृषिलाई उद्योगको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नीजि क्षेत्रले पनि कृषिलाई उद्योगको रुपमा विकास गर्न व्यवसायीकरण र यान्त्रिकिकरण गर्नेतर्फ सोच्नुपर्ने उल्लेख गर्नुभयो । मन्त्री भुसालले कृषिमा आत्मनिर्भर हुनुपर्ने र त्यसका लागि जमिन बाँझो नछोडी खेती गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘अब आर्थिक विकास र सामाजिक विकासमार्फत सामाजिक न्यायमा आधारित समाजवादउन्मुख समाज निर्माण गर्ने प्रतिवद्धता हामीले संविधानमै गर्यौँ । अब त्यसको कार्यान्वयन तहमा हामी अगाडी बढेका छौँ । त्यो विकास धेरै तरिकाले हुन्छ । तर आधारभुत कुरा चाहीँ तिनओटा हुन् भन्ने मलाई लाग्छ, एक नम्बर कृषि नै रहेछ । कृषिप्रधान देश, उर्वरा भूमि छ । जलस्रोतले सम्पन्न छौँ । सिंचाईको मात्रै उचित ढंगले व्यवस्थापन गर्दा र आधुनिक मल, बीउ र यान्त्रिकिकरण गर्दा हामी कृषिमा आत्मनिर्भर हुनसक्छौँ । हिजो निर्यात गर्ने राष्ट्र अहिले हामी आयात गरेर खाने राष्ट्र बनेका छौँ । हामीले आफ्नो जमिन बाँझो नछोडीकन खेती गर्नुपर्छ । हामीलाई भुकम्पले पनि सिकायो । र कोभिडको महासंकटले पनि हामी टिकिराखेका छौँ । कृषि आधारभुत कुरा हो । बरु यसलाई अझ व्यवसायीकरण, यान्त्रिकरण गर्ने कुरामा हामी सबै लाग्ने कुरा र संस्थागत ढंगले उद्योगी व्यवसायीको छाता संगठनले पनि यो कुरा सोच्नुपर्छ । कृषि पनि उद्योग हो । यसलाई पनि हामी उद्योगको तरिकाले अगाडी बढाउन सक्छौँ भन्ने तरिकाले लाग्न जरुरी छ ।’

उहाँले विद्युतीय सामग्रीको प्रयोगमा वृद्धि गर्नुपर्ने बताउनु भयो । त्यस्तै देशमा धेरैभन्दा धेरै पर्यटक भित्राउन जोड गर्नुपर्ने पनि उहाँको भनाई छ ।




भर्खरै