१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध

छ ‘ब’ नीतिलाई कार्यान्वयन गर्न मुख्यमन्त्री शाहीको निर्देशन

छ ‘ब’ नीतिलाई कार्यान्वयन गर्न मुख्यमन्त्री शाहीको निर्देशन
file
अ अ+ अ-

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशको विकास र समृद्धिका लागि छ ‘ब’ नीतिलाई कार्यान्वयनमा ल्याउन जोड दिनुपर्ने बताउनुभएको छ । प्रदेश सरकारको वार्षिक प्रगति समीक्षा कार्यक्रमका अवसरमा आज वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा कर्णालीको विकासका लागि छ ‘ब’ को अवधारणा पनि नीति तथा कार्यक्रममै समेटिएको उहाँले चर्चा गर्नुभयो ।

मुख्यमन्त्री शाहीको भनाइमा छ ‘ब’ भन्नाले बाटो, बिजुली, वन, बजार, व्यवस्थापन र विचार हो । प्रदेश सरकारले चालु आवको नीति तथा कार्यक्रममा यस विषयलाई समावेश गरेर यहाँको विकासको प्रमुख आधारशिलाका रूपमा लिइएको छ । उहाँले ‘‘समृद्ध कर्णाली सुखारी कर्णालीवासी’’को दीर्घकालीन सोचलाई कार्यान्वयन गर्न छ ‘ब’ को अवधारणा लागू गर्नाको विकल्प नभएको धारणा राख्नुभयो ।

“बाटो, बिजुली, वन, बजार, व्यवस्थापन र विचारबिना कर्णालीको समृद्धि सम्भव छैन, बाटो (सडक) बिना त अन्य विकासको कल्पनै नगरौँ”, मुख्यमन्त्री शाहीले भन्नुभयो, “कनेक्टिभिटी नै कर्णाली विकासको पहिलो आधार हो, यसको प्रभावकारी कार्यान्वयनतर्फ सबै मन्त्रालय र निकायले ध्यान दिन आवश्यक छ ।” विद्युतीकरणबिना पनि विकासको यात्रा अघि बढ्न नसक्ने उल्लेख गर्दै उहाँले कर्णालीका पाँच जिल्लामा अझै राष्ट्रिय प्रसारण लाइन नपुगेकाले सङ्घीय सरकारसँग मिलेर विद्युतीकरणमा जोड दिनुपर्नेमा जोड दिनुभयो ।

वन, बहुमूल्य जडीबुटीदेखि उच्च मूल्यका कृषि वस्तुहरूको उर्वरभूमि कर्णालीे रहेको बताउँदै मुख्यमन्त्री शाहीले भन्नुभयो, “वन क्षेत्रको संरक्षण, संवद्र्धन गर्दै यसको उपयोगमा ध्यान दिनुपर्नेछ, सडक, विद्युत्, सञ्चार, वन स्रोत भएर मात्रै पुग्दैन, यसको बजारीकरण र व्यवस्थापनमा ध्यान दिन आवश्यक छ ।” उहाँले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा शतप्रतिशत प्रगति गरेर देखाउन र ठूला आयोजनाको भदौ महिनाभित्र बोलपत्र प्रक्रिया सुरु गर्न विभागीय मन्त्री र सचिवहरुलाई निर्देशन दिनुभयो । वार्षिक प्रगति समीक्षा कार्यक्रममा प्रदेश सरकारका आठवटै मन्त्रालयले गरेका काम र आगामी योजनाका बारेमा छलफल हुँदैछ ।