१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाउन्नेमा यात्रुबाहक बसमा आगलागी, ३३ यात्रु घाइते



अ+ अ-

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे ५ बजे विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने सडकखण्डको विश्वकर्मा मन्दिर नजिक बस दुर्घटना भई आगलागी भएको हो ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना५ख ५१०० नंको बस अनियन्त्रित भई सडकबाट उत्तरतर्फ पहाडमा ठोक्किँएको प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले जानकारी दिनुभयो । आगलागीबाट यात्रु घाइते भएका हुन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको महर्जनले बताउनुभयो ।

घाइते आठ यात्रुको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज र अन्यको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।