१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

काठमाडौँमा वर्षा: वर्षको सर्वाधिक, पाँच दशकयता तेस्रो ठूलो

काठमाडौँमा वर्षा: वर्षको सर्वाधिक, पाँच दशकयता तेस्रो ठूलो
अ अ+ अ-

काठमाडौँ । गएराति काठमाडौँ उपत्यकामा यो वर्षको सबैभन्दा धेरै पानी परयो जुन पाँचदशक यताको तेस्रो ठूलो वर्षा हो । रातभरि परेको पानीले काठमाडौँका विभिन्न स्थानमा डुबानसमेत भएको थियो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौँमा गएराति २४ घण्टामा १२१।५ मिमी वर्षा भएको छ । उपत्यकाका विभिन्न नदी र खोला किनारामा देखिएको डुबानको अवस्था हेरेर कतिपयले यसलाई हालसम्मकै ठूलो वर्षा भने पनि विगत ५३ वर्षको अवधिमा रेकर्ड गरिएको तथ्याङ्क हेर्दा यो हालसम्मको तेस्रो ठूलो वर्षा हो ।

सन् १९६८ देखि २०२१ सम्मको तथ्याङ्क केलाउँदा २००२ को जुलाई २३ मा सबैभन्दा बढी २४ घण्टामा १७७ मिमी वर्षा भएको देखिन्छ । त्यसपछिको ठूलो वर्षा सन् १९८७ मा १२४ मिमी वर्षा भएको विभागका वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले जानकारी दिनुभयो । 

उपत्यकाका नदी र खोला क्षेत्र मिचेर साँघुरा पारिएको र वर्षाको पानी जमिनले सोस्ने जमिन कम भएका कारण बढी डुबान देखिएको उहाँको भनाइ छ । गएरातिको अविरल वर्षाले काठमाडौँ उपत्यकामा ३८५ घर डुबानमा परेका छन् भने २४७ जनाको उद्धार गरिएको छ । काठमाडौँको काँडाघारी, परोपकार, बल्खु, सुन्दरीघाट, भक्तपुरको मनोहरा, बोडेफाँट, सुकुम्बासी बस्ती तथा ललितपुरको सानेपा, कालोपुललगायत क्षेत्र डुबानमा परेको नेपाल प्रहरीले जनाएको छ ।

यस्तै अविरल वर्षाले वाग्मतीको किनारमा रहेको गोकर्णेश्वर महादेव मन्दिर र उत्तरगया क्षेत्र डुबानमा परेको छ । रुद्रमतीमा आएको बाढीले रातोपुल मैतीदेवी क्षेत्रका केही घरसमेत डुबानमा परेका थिए । आइतबार रातिदेखि सोमबार बिहानसम्मको वर्षाले उपत्यकाका धेरै स्थान प्रभावित भएको छ ।

काठमाडौँ उपत्यकामा मुख्यगरी वाग्मती नदी र यसका सहायक तथा उपसहायक नदी विष्णुमति, मनोहरा, नख्खु, बल्खु, धोविखोला, टुकुचा, हनुमन्ते, महादेव खोला, गोदावरी र कर्मनाशा बग्ने गर्छन् । यी सबै नदी तथा खोलामा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले विसं २०६६ देखि अतिक्रमण रोक्न नदीका दुवै किनारामा तटबन्ध निर्माण गरिरहेको छ । साथै नदीको पानी शुद्धताका लागि दुवै किनारमा ढलको पाइप निर्माणसमेत भइरहेको समितिका सूचना अधिकारी कमल अर्यालले जानकारी दिनुभयो ।

थप दुई दिन मनसुनी गतिविधि बढ्नसक्ने

उत्तर पश्चिमी बङ्गालको खाडीमा अवस्थित न्यूनचापीय प्रणालीका कारण नेपालमा जलवाष्फयुक्त वायु प्रवेश भएसँगै आगामी दुई दिन मनसुनी गतिविधि बढ्न सक्ने सम्भावना रहेको विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मङ्गलबारसम्म देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने साथै गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र प्रदेश १, वाग्मती तथा लुम्बिनी प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र नदीनाला र खहरे खोलामा पानीको सतह बढ्नसक्ने भएकाले सामान्य सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ । (रासस)