१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

नागरिकता पाउनु पर्ने माग गर्दे नागरिकता बिहिनहरुले नवलपरासी प्रजिअलाई ज्ञापनपत्र बुझाए

नागरिकता पाउनु पर्ने माग गर्दे नागरिकता बिहिनहरुले नवलपरासी प्रजिअलाई ज्ञापनपत्र बुझाए
अ अ+ अ-

नवलपरासी ।  नागरिकता बिहिनहरु नागरिकहरुले नवलपरासी  प्रर्दशन सहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।  नागरिकता बिहिन नेपालीहरुका सयोजक  ईञ्जिनियर इन्द्रजित साफीको अगुवाईमा करिब ८०० नागरिकता बिहिनहरुले परासीबजारमा प्रर्दशन सहित प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रलाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमा   उनिहरुले नेपालको सबिधान २०७२को भाग २ धारा १० को उपधारा १ अनुसार कुनै पनि नेपाली नागरिकलाई नागरिकता  प्राप्त  गर्ने हकबाट बन्चित गरिने छैन भन्ने स्पष्ट व्यवस्था गरेपनि आफुहरु नागरिकता बिहिन भएर बस्नु परेको पीडा उल्लेख गरेका छन् ।

ज्ञापनपत्रमा उनिहरुले सबिधानको भाग २ को धारा ११ को उपधारा ३ अनुसार यो सबिधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त  गरेको नागरिकको सन्तानले बाबु र आमा दुबै नेपालको नागरिक रहेछन् भने निज वालिग  भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने छ भन्ने कुराको पनि स्मरण गराएका छन् । नागरिकता बिहिन नेपालीहरुले लेखेको पत्रमा सबिधानको धारा ११ को उपधारा ५ अनुसार नेपालको नागरिक आमाबाट नेपालमा जन्म भै नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई बंशजको आधारमा  नेपालको नागरिकता प्रदान गरिने उल्लेख भएको तर बाबु बिदेशी  नागरिक ठहरेमा त्यस्तो व्यक्तिको नागरिकता संघीय कानून अनुसार अंगीकृत नागरिकतामा परिणत हुने उल्लेख गरिएको छ ।
पत्रमा नेपालको सबिधानले नागरिकता प्राप्तिमा नरोकेको भएपनि कानूनको अभाबमा नागरिकता प्राप्त गर्न नसकेको जनाईएको छ । प्रतिनिधिसभााको राज्य व्यवस्था तथा शुशासन समितिमा २०७५ भाद्र ५ गते नागरिकता बिधेयक दर्ता भए पनि सत्ताको लडाईमा नागरिकता बिधेयक अघि बढ्न नसेकेको उल्लेख गर्दे  कहिले सम्म अनागरिक भएर बस्ने भनि प्रश्न गरेका छन् ।

नागरिकता बिहिनहरुले आफुहरुलाई परेको समस्या उल्लेख गर्दे रापत्रमा लेखेका छन् नागरिकता नभएर पढ्न पाईएन, पढेपनि काम गर्न पाईएन , बैदेशीक रोजगारीमा जाने आधार छैन , बैकमा खाता खोल्न सकिएको छैन , आफनो नाम बाट सीमकार्ड समेत निकाल्न नपाएको अबस्था छ ।पटक पटक सरोकारवला निकायको ध्यानकर्षण गराउदै आन्दोलन धर्ना ,ज्ञापनपत्र बुझाउने काम गरेपनि कतै बाट सुनुवाई भएको गुनासो उनिहरुको रहेको छ I

भदौ १८ गते उनिहरुले आफुहरुको समस्या समाधानको पहल गरिदिन आग्रह गर्दे  राष्ट्रपति बिद्यादेबी भण्डारीलाई पनि पत्र लेखेका थिए ।