९ असार २०८३, मंगलवार
,
Latest
सम्पत्ति शुद्धिकरण बिभागमा पूर्वअर्थमन्त्री पौडेललाई गराइयो उपस्थित पूर्वअर्थमन्त्री पौडेललाई आज विशेष अदालतमा उपस्थित गराइँदै काठमाडौँ उपत्यकाका विश्व सम्पदा क्षेत्रका गुठी जग्गा स्वामित्व विवाद समाधान गर्न महालेखापरीक्षकको निर्देशन काठमाडौँका ३ हजार ३०३ सार्वजनिक सवारीमा ड्यासक्यामेरा, सिसीक्यामेरा र जीपीएस जडान मानव अधिकारवादीको काम रोकिएकाले प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा: संयुक्त राष्ट्रसङ्घ मनसुन सक्रिय, तर तराईमा तातो लहरको जोखिम अझै कायम रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्दसत्र आज २ बजेबाट, यस्तो छ कार्यतालिका सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओली र बालकोटमा रहेको बाजा



अ+ अ-

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी ओली राजनीतिज्ञ मात्र नभई एक कुशल वाद्यवादक पनि हुनुहुन्छ । राजनीतिको तानातानबाट केही समय पाए उहाँ यीनै बाध्य यन्त्रसँग रमाउनुहुन्छ । प्रधानमन्त्रीका रुपमा साढे तीन बर्ष वालुवाटारमा बस्दा उहाँको निजी निबास बालकोटमा रहेका यी वाद्य यन्त्रहरु प्रयोगमा आएनन् ।

राजनीतिमा जतिसुकै तनाब भए पनि बाहिरी रुपमा तनाबमुक्त देखिनुहुने ओलीलाई बचेखुचेको समयमा दिने मनोरञ्जनमा एउटा त बाजा नै हुन् । त्यसो त उहाँ खेलसँग पनि रमाउने नै व्यक्ति हो । सोमबार नेपाल र भारत बिच भएको मैत्रीपूर्ण फुटबल खेल हेर्न उहाँ रंगशाला पुग्नुभयो ।

मंगलबार बिहान झरी परेपनि दिउँसो घाम लागेका समयमा ओलीले आफ्ना वाद्यवादनहरु घाममा सुकाउनुभएको थियो । यो दृश्य हेर्दा लाग्थ्यो यो कुनै पनि क्षेत्र या कलाका कौशलले मात्र गर्ने काम थियो ।

भनिन्छ, कामको परिणाम खोज्नेले मात्र साधनलाई माया गर्छ । किनभने दिमागले सोचेको काम सफल बनाउने तिनै साधन हुन् । त्यसैले त उहाँले फेरि तबेलामा ताल र मादलमा सुरु मिलाउने तरखरमा हुनुहुन्छ । अनि सुर झिक्ने बाँसुरीको साथ त उहाँले छोड्नुहुन्न नै ।