काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।
कसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको रणनीति बनाउन दिउँसो २ बजे संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बैठक बस्न लागेको हो ।
भोलिदेखि शुरू हुने संघीय संसदको अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारे निर्णय लिन बैठक बोलाइएको बताईएको छ । कांग्रेस स्रोतका अनुसार मंगलवारको संसदीय बैठकमा एमसीसी अनुमोदनबारे समेत छलफल हुनेछ ।











