डडेलधुरा । नेपाली कांग्रेसको डडेलधुराको जिल्ला अधिवेशन स्थगित भएको छ ।
जिल्ला कार्य समितिको मंगलबार बसेको बैठकमा अधिवेशन सम्पन्न गर्नका लागि निर्वाचन समितिले खटाएको निर्वाचन अधिकृत लोकेन्द्र बहादुर बम लगायतले बैठकमा उपस्थित भई बैठक पुस्तिकामा दस्तखत गर्न नमानेपछि जिल्लाको सातौं बैठक स्थगित गरिएको जिल्ला सभापति कर्ण बहादुर मल्लले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।












