भोजपुर । भोजपुरका छ जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीमा सनाखत गराएका छन् ।
उनीहरुले जिल्ला निर्वाचन कार्यालय पुगेर समाजवादीमा सनाखत गराएका हुन् ।
षडानन्द नगरपालिकाका तीन भोजपुर नगरपालिकाका दुई र टेम्केमैयुङ गाउँपालिका एक जनाले सनाखत गराएका छन् ।
भोजपुर नगरपालिका उपमेयर ममिता राई, वडा सदस्य राधिका तामाङ, टेम्केमैयुङ गाउँपालिका उपाध्यक्ष इन्द्रवती राईले नेकपा एकीकृतमा सनाखत गराएका छन् ।
त्यस्तै षडानन्द नगरपालिकाका कार्यापालिका सदस्यद्वय सुमन राई, गोविन्द विक र वडा सदस्य विशाल राईले नेकपा एकीकृतमा सनाखत गराएको उममेयर ममिता राईले जानकारी दिइन् ।












