९ असार २०८३, मंगलवार
,
Latest
जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षसहित तीन जना जनप्रतिनिधि दल त्यागपछि पदमुक्त हरेक रिटमा प्रधानमन्त्री कार्यालयलाई विपक्षी नबनाउन आग्रहः राज्यको स्रोत र साधनको अनावश्यक खर्च भएको ठहर कायममुकायम सीईओ नियुक्त भएको एक सातामै हिमालयन रिका मुकेश कपुरको राजीनामा गायक विधान श्रेष्ठ नौ वर्षपछि फेरि पलेँटीमा स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास रास्वपाको नयाँ नेतृत्व चयन भोलि, विद्युतीय मतदानमार्फत सभापति र ९९ केन्द्रीय सदस्य छनोट हुने महेश बस्नेतले भने: विष्णु पौडेलसँगै बालेन र सुधन गुरुङको पनि सम्पत्ति छानबिन हुनुपर्छ यज्ञमणि न्यौपानेद्वारा रास्वपाको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा काँकरभिट्टा नाकामा एकीकृत जाँच एकाइ पुनः सञ्चालन कञ्चनपुरका चार खाद्य उद्योगमा अनुगमनपछि उत्पादन रोक्का, लाखौँ मूल्यका सामग्री नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस केन्द्रिय कार्यालयमा नेपाल मुस्लिम संघको पनि धर्ना (भिडियो सहित)



अ+ अ-

काठमाडौ ।  नेपाली काँग्रेसमा आवद्ध नेपाल मुस्लिम संघले पार्टीको आगामी महाधिवेशनमा आफ्ना समूदायको प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै पार्टी केन्द्रिय कार्यालय सानेपामा धर्ना दिन सुरु गरेको छ ।  

संघका सभापति अब्दुल सत्तार नेतृत्वको टोलीले आगामी महाधिवेशनमा आफ्नो समूदायको प्रतिनिधि सुनिश्चित गर्न पार्टी नेतृत्वलाई दवाव दिँदै केन्द्रिय कार्यालयमा धर्ना दिन सुरु गरेको हो । प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट आफूहरुलाई प्रतिनिधित्व सुनिश्चित हुने गरी निर्वाचन निर्देशिका सच्याउन पार्टी नेतृत्वलाई दवाव दिन आफूहरुले धर्नालगायतका दवाव आन्दोलनको कार्यक्रम सुरु गर्नु परेको संघका सभापति सत्तारले बताउनु भयो ।

उहाँले आफूहरुको सो माग सम्बोधन नभएसम्म पार्टी केन्द्रिय कार्यालयको धर्ना कार्यक्रमलाई निरन्तरता दिने चेतावनी समेत दिनु भयो । सभापति सत्तारले भन्नु भयो, ‘पार्टी भित्र आफूहरुले प्रवेशनै नपाउने गरी जुन अवस्था आयो । त्यसको विरुद्धमा धर्ना सुरु गरेका छौं । जबसम्म निर्वाचन निर्देशिकामा भएको त्रुटि सच्याएर आउँदैन् तबसम्म यसलाई हामी जारी राख्छौं । आगामी भदौं २७ गते भित्र आफूहरुको माग सम्बोधन नभए कडा आन्दोलनमा जानुपर्ने हुन सक्छ ।’संघले पार्टीको सबै निकायमा सबै समूदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गराउने पार्टीको विधान अनुसार महाविधेशन प्रतिनिधि चयन हुने गरी निर्वाचन निर्देशिक सच्याउन माग गर्दै पार्टी सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र पनि बुझाएको छ ।

नेपाली काँग्रेसको १४ औं महाधिवेशन आगामी मंसीर ९–१३ सम्म काठमाडौं हुने कार्यक्रम तय गरिएको छ । त्यसका लागि प्रतिनिधि चयनमा आफूहरुको प्रतिनिधित्व सुनिश्चित गराउन मुस्लिम संघले पनि पार्टी नेतृत्वलाई दवाव दिन सुरु गरेको हो ।
 




भर्खरै