काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणमा १ हजार २७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एन्टिजेन परीक्षणमा २१३ जना गरी १२७१ जनामा गरि जम्मा १२७१ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।
यस्तै पछिल्लो २४ घण्टामा १८ सय ४५ संक्रमित निको भएका छन् । बिहिबार कोरोनाबाट मृत्यु हुनेको संख्या १४ रहेको छ ।











