काठमाडौं । सरकारले कारोनाका कारण रोजगारी गुमाएकालाई प्रतिघरपरिवार १० हजार दिने भएको छ ।
संसदमा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रतिस्थापन विधेयकमार्फत ५ लाख विपन्न परिवारलाई १० हजारका दरले मापदण्डका आधारमा नगद अनुदान दिने घोषणा गरेका हुन् ।
सरकारले दिने १० हजार अनुदान स्थानीय तहको समन्वयमा २०७८ असोज महिनाभित्र हस्तान्तरण गरिसक्ने उनले जानकारी गराएका छन् ।











