१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध

संसद बैठकपछि के भन्छन् नेताहरु ?

संसद बैठकपछि के भन्छन् नेताहरु ?
अ अ+ अ-

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश भएको प्रतिस्थापन विधेयकले आर्थिक अराजकतालाई नियन्त्रण गर्दै मितव्ययिता कायम गर्ने बताउनुभएको छ । 

शुक्रबारको संसद बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदैँ अर्थमन्त्री शर्माले आफूले संवैधानिक व्यवस्था अनुसार प्रतिस्थापन विधेयक ल्याएको बताउनुभयो । उहाँले बजेट मात्रै बिनियोजन भएको तर कुनै काम नहुने खालको योजनाहरुलाई हटाएको बताउनुभयो । प्रतिस्थापन विधेयकको मुख्य पक्ष आर्थिक अराजकतालाई नियन्त्रण गर्दै मितव्ययिता कायम गर्ने रहेको उहाँले बताउनुभयो । 

अर्थमन्त्री शर्माले भन्नु भयो – ‘संवैधानिक व्यवस्था अनुसार मैले आज प्रतिस्थापन विधेयक ल्याएको छु । यसको मुख्य पक्ष के हो भने पहिलो कुरा आर्थिक अराजकतालाई नियन्त्रण गर्दै मितव्ययिता कायम गर्ने रहेको छ । अर्थ नभएका बजेटमात्र विनियोजन गरेका त्यस्ता योजनाहरुलाई मैले हटाएको छु र चालु खर्च अन्र्तगत तालिम भत्ता लगायतको बजेट १० प्रतिशत कटौती गरेर कोभिडको लागि भ्याक्सिन किन्ने बजेटमा मैले त्यसलाई रुपान्तरण गरेको छु ।’

अर्थमन्त्री शर्माले आर्थिक वृद्धि ७ प्रतिशत पुग्ने दाबी पनि गर्नुभयो । उहाँले भन्नुभयो – ‘निश्चित समय भित्र कोभिड भ्याक्सिन दिइसक्छौँ । र आर्थिक गतिविधिलाई चलायमान भयो भने आर्थिक वृद्धि ७ प्रतिशतमा स्वत्ः पुग्नेछ ।’

गोकुल बास्कोटाः
सञ्चारकर्मीमाझ प्रतिक्रिया दिदैँ प्रमुख प्रतिपक्षी नेकपा(एमाले)का सांसद गोकुल बाँस्कोटाले सभामुखले निर्वाह गर्नुपर्ने न्यूनतम भुमिकापनि निर्वाह नभएको बताउनुभयो । उहाँले संसदमा आज के ल्याएको हो भन्नेपनि आफुलाई थाहा नभएको टिप्पणी गर्नुभयो । सभामुख अग्निप्रसाद सापकोटाले असमान व्यवहार गरेको र आफुहरुप्रति असहिष्णु व्यवहार गरेको भन्दै उहाँले सभामुखलाई मान्न नसकिने बताउनुभयो । सभामुखको गलत कामको आफुहरुले विरोध गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘त्यो कुर्सिमा बसिरहँदाखेरी सबै दलप्रति समान व्यवहार गर्नुपर्छ । उहाँले त्यो काम गर्नुभएन । हाम्रो विरोध त्यसप्रति हो । यतिसम्म असहिष्णुता देखाइसक्नु भाछकी कार्यव्यवस्था परामर्श समितिको बैठकमा त्यसका सदस्यहरुलाई समेत कार्यसूची र एजेण्डा उहाँ दिनुहुन्न भनेपछि उहाँले संसद कसरी चलाउनुहुन्छ ? हामीले अवरोध गर्न खोज्या हो र ? उहाँको तरीका गलत भयो त्यसको विरोध गरेको हो । प्रतिवाद गरेको हो ।’

उपेन्द्र यादवः
सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिदैँ जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई पूर्णता चाडैँ दिने बताउनुभयो । मन्त्रालय भागबन्डाको कुरा पनि मिलिनसकेको उहाँले जानकारी दिनुभयो । एमसीसीलाई राष्ट्रिय सहमतीको आधारमा मुलुकको हित अनुकुल अगाडी बढाउनुपर्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘अब चाडैँ नै यसलाई पुर्णता दिने तयारीमा हामी लागेका छौँ । मन्त्रालयको भागबन्डा पनि मिलाउन बाँकी नै छ । एमसीसीलाई राष्ट्रिय सहमतीको आधारमा त्यस विषयमा निर्णय गर्नुपर्छ । र मुलुकको हित अनुकुल अगाडी बढाउनुपर्छ ।’

अध्यक्ष यादवले प्रतिस्थापन विधेयकको आवश्यकता भएकै कारण ल्याइएको बताउनुभयो । 

गगन थापाः
सत्तारुढ दल नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले नेकपा एमालेले संसदीय व्यवस्था भित्र प्रतिपक्षले प्रयोग गर्न सक्ने आफ्नो असहमति व्यक्त गर्ने तरिकाको चरम दुरुपयोग गरेको बताउनुभयो ।

शुक्रबार प्रतिनिधिसभाको बैठक सकिएपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग सांसद थापाले यस्तो बताउनुभएको हो । उहाँले जबसम्म नेकपा एमालेले सांसद र सभामुखलाई चिन्दिन भनूनजेल संसदमा यस्तै कोलाहल भइरहने बताउनुभयो ।

सांसद थापाले भन्नभुयो, ‘हाम्रो संसदीय अभ्यासको क्रममा आज अस्तिको बैठकमा जे भयो, यो सुखद् कुरा होइन, तर यसको कारण नेपाल कम्युनिष्ट पार्टी एमालेको संसदीय व्यवस्था भित्र प्रतिपक्षले प्रयोग गर्न सक्ने, आफ्नो असहमति व्यक्त गर्ने तरिकाको चरम दुरुपयोग गर्न खोज्दा यो स्थिती आएको छ, संसदमा प्रश्तुत हुने कुनै विधेयकको विषयलाई लिएर। सरकारको कुनै एउटा निश्चित निर्णयका विषयलाई लिएर हामी संसद अवरुद्ध गर्दछौँ भन्ने अवस्था भएकोले हाम्रो बल पनि प्रतिपक्षसँग संवाद गरेर हल गरेर मात्रै गर्नुपर्छ भन्नेमा हुन्थ्यो तर सभामुख नै मान्दिन सांसद नै मान्दिन, यो संसद भित्र आएको सदस्यलाई म चिन्दै चिन्दिन, त्यसको आधारमा संसद चल्न दिन्न भनेपछि यहाँ कसैले पनि संवाद गरेर यसको हल निकाल्न सक्दैन, त्यसकारणले यो स्थिती आएको हो, म पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई के स्मरण गराउन चाहन्छु भने यसैगरी कन उहाँले संसद भित्र पारित गर्नुभएको विधेयक पारित गर्दै गर्दाको अवस्था स्मरण गराउन चाहन्छु, उहाँले त्यो दिनलाई स्मरण गर्न सक्नुपर्छ, जुन दिनसम्म उहाँहरु सभामुखलाई मान्दिन, यो संसद, संविधान, ऐन, नियम, कानूनले चिनेको मान्दिन भन्नुहुन्छ त्यो दिनसम्म संसद यसरी चल्ने भन्दा अर्कोबाटो देख्दिन ।’

रेखा झाः
त्यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद रेखा झाले सभामुख र अर्थमन्त्रीको यो कदम गैरसंवैधानिक रहेको बताउनुभयो । उहाँले आफूले माइक तानेको प्रसंगमा बोल्दै भन्नुभयो, ‘माइक तान्ने मात्रै होइन, म त टाउको फुटाउने मन थियो, यस्तो गैरसंवैधानिक गतिविधि गर्नुहुँदैन, संसदको एउटा मर्यादा हुन्छ,मर्यादामा राख्न सक्नुभएन । त्यसको हामीले सशक्त बिरोध गर्नुपर्छ । माइकले हान्ने योजनामै माइक तानेको हो, सभामुखलाई, अर्थमन्त्रीलाई हान्ने ध्येय हो ।’

सुरेन्द्र पाण्डेः
नेकपा एमालेका सांसद सुरेन्द्र पाण्डेले सबै दलको सहमतिबिना प्रतिस्थापन विधेयक ल्याइनु राम्रो नभएको बताउनुभयो । उहाँले जनताका प्रतिनिधिको छलफलमा मात्र प्रतिस्थापन विधेयक ल्याइनु पर्ने भन्दै तत्काल पेश गर्नुमा कुनै हतारो नभएको औँल्याउनुभयो ।

सांसद पाण्डेले भन्नुभयो, ‘प्रतिस्थापन विधेयक ल्याइनु राम्रो कुरो होइन, संसद भित्र सबैको सहमति लिएर रिप्लेशमेण्ट विधेयक ल्याउनु राम्रो हुन्थ्यो, सबैको सरोकारको विषय हो यो, यो जनताका प्रतिनिधिले कुरा ल्याउन पाउँछन्, जनताका प्रतिनिधिले छलफल नगरीकन त्यसमा हामीले अगाडि ल्यायौँ भने प्रिन्सिफ लिभिङ्गको त्यो उचित कुरा होइन, वातावरण बनाएर ल्याउनु पथ्र्यो र त्यो हतारो पनि थिएन, आजको आजै गर्नुपर्ने कुरा पनि थिएन, त्यो विषय लिएर सर्वदलीय छलफल, सहमतिबाट गरेको भए धेरै राम्रो हुन्थ्यो ।’

गंगा चौधरीः
त्यस्तै नेकपा एमालेकी सांसद गंगा चौधरीले सभामुख र अर्थमन्त्रीको यो भूमिका मर्यादा बाहिर भएको बताउनुभयो । उहाँले सभामुखले  यो भूमिका १० वर्षे जनयुद्धको गुरिल्ला पाराबाट देशलाई बन्दी बनाउने रणनीतिका साथ खेलेको बताउँदै यसले संसदीय मर्यादाको धज्जी उडेको बताउनुभयो ।

सांसद चौधरीले भन्नुभयो, ‘सफल हुन हामी आफू प्रयास गर्ने हो, बास्तवमा यो शैलीबाट संसदीय व्यवस्थाको धज्जी उडेको छ, सभामुखको यो भूमिका आफ्नो मर्यादा भन्दा बाहिर छ, संसदीय मर्यादा भनेको एउटा सांसद सदन भित्र उठ्यो भने त्यसलाई अवरोधको संज्ञा दिइन्छ, तर संसद भित्रको प्रमुख प्रतिपक्षले समग्र सांसदहरुले आवाज उठाउँदा देशको महत्वपूर्ण विषयहरुमा पनि कम्तिमा कार्यव्यवस्था परामर्श समितिको पनि छलफल नगरी, बैठक नगरी, परामर्श नगरी, प्रमुख प्रतिपक्ष साथ नलिकन संसद यो तरिकाले चलाउनुको शैली के हो भने १० वर्षे जनयुद्धको गुरिल्ला पाराबाट देशलाई बन्दी बनाउने रणनीतिको साथ सभामुखले जुन काम गर्नुभएको छ, यो संसदीय मर्यादाको धज्जी उडाउनुभएको छ ।’

रोस्टममा जान खोजेको पत्रकारको प्रश्नमा सांसद चौधरीले अर्थमन्त्रीलाई बजेट पेश गर्नबाट रोक्नका लागि रोस्टममा जाने ध्येय रहेको बताउनुभयो । उहाँले प्रमुख प्रतिपक्ष दललाई साथमा राखेर अघि बढ्नुको सट्टा  अर्थमन्त्री शर्माले चोरबाटो र जंगली पाराले लुकेर प्रतिस्थापन विधेयक पेश गरेको आरोप लगाउनुभयो ।