९ असार २०८३, मंगलवार
,
Latest
पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको छः शिक्षासचिव पौडेल एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा आणविक निरीक्षणमा इरानको अडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवालाई युवा नेताहरुको चेतावनी – ‘काँग्रेस साझा फूलबारी नै होस, जवर्जस्ती नगरियोस्’



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका युवा नेताहरुले काँग्रेस सवै नेपालीको साझा फुलवारी भएकाले समानुपातिक प्रतिनिधित्व बढाउन माग गरेका छन् । 

समानुपातिक प्रतिनिधित्व बढाउन माग गर्दै पार्टीको केन्द्रीय कार्यालय सानेपामा भइरहेको धर्ना तथा आन्दोलनप्रति ऐक्यबद्धता जनाउदै युवा नेताहरुले उनीहरुको माग अबिलम्ब सम्बोधन गर्न आग्रह गरेका छन् । 

डा.चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, गगन थापा, बद्री पाण्डे, सरिता प्रसाईं, जीवन परियार, प्रदिप पौडेल, रामकृष्ण यादव, किरण यादवले संयुक्त वक्तव्य जारी गर्दै निर्धारित समयमा चौधौं महाधिवेशनको सुनश्चितताकालागि पाँच बुँदे ध्यानाकर्षण गराउनु भएको छ । 

देशभरका ५८ जिल्लामा अधिवेशनका प्रक्रियाहरु जारी रहेपनि काठमाण्डौ, मोरङ लगायतका १९ जिल्लाको कृयाशिल सदस्यको सुची अहिलेसम्म सार्वजनिक नभएकाले अधिवेशन सुरु हुन नसक्दा देशभर एकैपटक अधिवेशन शुरुहुने परम्परालाई खण्डित तुल्याएको उहाँहरुको भनाई छ । 

“पार्टी बिधान र देशको संविधानमा उपलब्ध समयसिमा नाघ्दा समेत कतिपय जिल्लामा अधिवेशन शुरु हुन नसक्नु साच्चै  दुखद पक्ष हो,” वक्तव्यमा लेखिएको छ । 

सभापति देउवाको गृह जिल्ला डडेल्धुरामा विधि र प्रक्रिया बिपरित केन्द्रबाट थोपरिएका कृयाशिल सदस्यहरु खारेज गरि बिधिसम्मत रुपमा जिल्लाबाट पठाईएका कृयाशिल सदस्यहरुको नामावली कायम गरेर मात्र अधिवेशनको प्रक्रिया सुचारु गर्नु पर्ने जिल्ला समितिको मागप्रति युवा नेताहरुले समर्थन जनाउनु भएको छ । 

गृह जिल्लामा सभापति देउवाको निर्देशनमा सुरक्षाकर्मीहरुको आडमा अधिवेश गरेकोप्रति आपत्ति प्रकट गर्दै उहाँहरुले कहीँ पनि जवरजस्ती नगर्न चेतावनी दिनुभएको छ । 

वक्तव्यमा लेखिएको छ, “देशभर अधिवेशनको प्रकृया शुरु भईसक्दा पनि केही जिल्लाको कृयाशिल सदस्यको सुची  प्रकाशित नभई वडा अधिवेशनको कार्यतालिका नैं प्रभावित हुन पुग्दा सम्बन्धित जिल्लाका साथीहरूले गम्भीर मानसिक तनाव र पिडा झेल्नुपरिरहेको परिस्थितिलाई तुरुन्तै अन्त्य गरी अधिवेशनको प्रक्रिया सुचारु गर्न बाँकी रहेका जिल्लाको कृयाशिल सदस्यहरुको नामावली अबिलम्व प्रकाशित गरि वडा अधिवेशन सम्पन्न गरियोस् ।”

काँग्रेस भित्र देखिएका घटनाक्रमहरु पार्टी नेतृत्वका घरेलु मामला मात्र नभइ नेपाली कांग्रेसका झण्डै नौलाख सदस्यहरुका साझा मामला, चिन्ता र सरोकार भएकाले केन्द्रीय समितिको बैठक मार्फत विवादहरुको निरुपण गर्न पनि सभापति देउवासँग युवा नेताहरुको आग्रह छ ।