१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध

राष्ट्रियतामाथि हमला भइरहेको विप्लव समूहको निष्कर्ष

राष्ट्रियतामाथि हमला भइरहेको विप्लव समूहको निष्कर्ष
अ अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) ले राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको छ । 

शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीले एमसीसीको मुद्दा मुखरित भएर फेरि एकपटक नेपालको राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको हो । पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले तीन÷चार वर्षअघि एमसीसीलाई सम्पन्न गर्ने उद्देश्यले अमेरिकी शासक वर्गले चलाएको कार्यक्रम भएको बताउनुभयो । 

उहाँले सरकारले एमसीसी जस्तो राष्ट्रघाती प्रोजेक्टलाई संसदबाट पास गर्ने चलखेल गरिरहेको आरोप लगाउनुभयो । सबै नेपाली नागरिकहरु यसविरुद्ध आन्दोलित भइरहेको बेलामा पनि दलालहरुले यसलाई पास गर्नुपर्ने भनिरहेको बताउनुभयो । प्रवक्ता प्रकाण्डले विभिन्न प्रपञ्च रचेर सरकारले एमसीसी पास गर्न लागेको भन्दै यो सम्झौता नेपाली जनता र नेपाल कम्युनिष्ट पार्टीलाई स्वीकार्य नहुने बताउनुभयो ।

प्रवक्ता प्रकाण्डले भन्नुभयो, ‘अहिले फेरि एकपटक हाम्रो राष्ट्रियतामाथि एउटा ठूलो हमला भइरहेको छ, एमसीसीको मुद्दा मुखरित भएर, आजको तीन, चार वर्ष अगाडि यसलाई सम्पन्न गर्ने उद्देश्यका साथ अमेरिकी शासक वर्गले ल्याएको प्रोजेक्ट हो यो, त्यो बेला प्रधानमन्त्री शेरबहादुर देउवाकै सरकार थियो, अर्थमन्त्रीमा हालका कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की हुनुहुन्थ्यो, नेपाली जनताले अहिलेसम्म त्यसको बिरोध गरिरहेका छन्, तर पनि एमसीसी पास गर्न सरकारले विभिन्न प्रपञ्च रचिरहेको छ, यदी पास भएमा हाम्रो नेपाल कम्युनिष्ट पार्टी र नेपाली जनतालाई स्वीकार्य हुँदैन ।’

सरकारले संसद बोलाएर एमसीसी तत्काल पास गर्ने योजना बनाइरहेकोले आफ्नो पार्टीले राष्ट्रिय र केन्द्रिकृत रुपमा नेतृत्व प्रदान गर्न एक हप्ते संघर्षको कार्यक्रम राखेको बताउँदै प्रवक्ता प्रकाण्डले भाद्र २८ गते काठमाडौंमा वृहत प्रदर्शन गर्ने बताउनुभयो । 

उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार धेरै आन्तरिक शंकटबाट ग्रस्त भएपछि बनेको र यसको आयु ६ महिना वा एक वर्षको हो भन्ने कुनै ठेगान नरहेको बताउनुभयो । उहाँले सरकारले राष्ट्रघाती एमसीसी पास गरेर कुनै मुर्खता नगरोस् भन्ने चाहेको बताउनुभयो । देउवा सरकारले हाउसमा पेश गर्ने एमसीसी भन्ने योजना फिर्ता लिनुपर्ने बताउनुभयो ।

प्रवक्ता प्रकाण्डले भन्नुभयो, ‘नयाँ सरकारले संसद बन्द गर्यो, त्यसपछि एउटा अध्यादेश ल्यायो, पार्टी सम्बन्धी अध्यादेश, फेरि त्यको एक, दुई हप्ता नबित्दै तुरुन्तै हाउस बोलाएर एमसीसीलाई पास गर्ने जोड गरिरहेको छ, त्यसैले हामीले केन्द्रिय समितिको बेठक रोक्यौँ र यसलाई राष्ट्रिय र केन्द्रिकृत रुपमा आन्दोलनको नेतृत्व गर्न पार्टीले एक हप्ते संघर्षको कार्यक्रम राखेको छ, भाद्र २८ गते काठमाडौंमा वृहत प्रदर्शन हुँदैछ, भर्खर आन्तरिक शंकटबाट सरकार बनेको छ, देउवा सरकार पनि ६ महिना वा १ वर्ष कति टिक्छ टुंगो छैन, त्यसैले अहिले एमसीसी पास गरेर मुर्खता नगर्नूस् ।’

प्रवक्ता प्रकाण्डले सरकारले यदी मुर्खता नै गरिरहे देशमा आगो लाग्ने चेतावनी दिनुभयो । एमसीसी मुर्खता गरेर पनि पास गरे देश जल्ने र देशमा आन्दोलनको आगो लाग्ने बताउँदै प्रवक्ता प्रकाण्डले १० वर्ष युद्ध लडेका प्रचण्ड र राणाविरुद्धको आन्दोलनमा काँग्रेसले गर्नुपरेको बलिदानलाई सम्झन प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउनुभयो । उहाँले एमसीसी पास गरे आगामी संसदीय चुनाव खरानी भएर जनमत संग्रह हुने बताउनुभयो ।