१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध

जात्राको नियमितताका लागि स्वास्थ्य सुरक्षा सामाग्रीसहित अन्य सहयोगका लागि महानगर तयार छ — प्रमुख शाक्य

जात्राको नियमितताका लागि स्वास्थ्य सुरक्षा सामाग्रीसहित अन्य सहयोगका लागि महानगर तयार छ — प्रमुख शाक्य
अ अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज इन्द्र जात्राको व्यवस्थापनमा खटिने ३ सय जनालाई कोविड विरुद्धको खोप भेरोसेलको पहिलो मात्रा दिएको छ । काठमाडौँको मजिपाटस्थित लाखे ननीमा खोप कार्यक्रम चलाइएको हो । 

इन्द्रजात्रा नेपालको राष्ट्रिय पर्व हो । यसको पहिचान अन्तरराष्ट्रिय स्तरमा पनि छ । खोप कार्यक्रममा बोल्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले, महामारीबाट आफू बचेर परम्परा बचाउने प्रयासका लागि खोप कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्नुभयो । ‘विश्वव्यापी महामारीका रुपमा फैलिएको कोविडको जोखिमलाई कम ठान्नु हुँदैन । अर्कोतिर हामीले पुस्तौँदेखि मनाउँदै आएका पर्वहरुलाई नियमित गर्नु पर्ने छ । जात्रालाई निरन्तरता दिने क्रममा महामारीको जोखिम कम गराउन काठमाडौँ महानगरपालिकाले वहन गर्नु पर्ने सबै दायित्व पूरा गर्नेछ ।’ प्रमुख शाक्यको भनाइ थियो ।

खोपसहित जात्रा सञ्चालनका लागि माग हुने मास्क, पञ्जा, स्यानिटाइजरसहित स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराउने योजना छ । महानगरको जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले, सचेतनाका लागि स्वास्थ्य शिविर सञ्चालन गरिने जानकारी दिनुभयो ।  

यस अघिको खोप कार्यक्रममा छुटेका इन्द्रजात्राको व्यवस्थापन नलागी नहुनेहरुले आज खोप पाउनु भयो । महानगरको यो व्यवस्था प्रशंशा योग्य छ । इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौत्तम शाक्यले खोप कार्यक्रममा प्रतिक्रिया दिनुभयो । अब महानगरबाट थप कस्तो सहयोग अपेक्षा गर्नुहुन्छ? प्रश्नको उत्तरमा शाक्यले रथ यात्राका लागि नभइ नहुने श्री लाखे आजु, श्री हलचोक आकाश भैरव, पुलुकिसी आजुसहित सांस्कृतिक रुपमा उपस्थित नभइ नहुनेहरुका लागि मास्क, सेनिटाइजर, फेस सिल, पञ्जालगायतका स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराइदिन आग्रह गर्नुभयो । 

यस बर्ष इन्द्रजात्राका कार्यक्रम सुरु भइसकेका छन् । यस क्रममा भदौ २३ गते विहान १० बजेर ५२ मिनेटको साइतमा बनयात्रा सुरु गरिएको थियो । त्यसै दिन बेलुका ७ बजेर २७ मिनेटको साइतमा इन्द्रध्वजका रुपमा गाडिने लिङ्गोका लागि रुख काटिसकिएको छ । 

भदौ २९ गते मंगलबार विहान १० बजेर ३४ मिनेटको साइतमा लिङ्गोलाई नगर प्रवेश गराइनेछ । असोज २ गते शनिबार विहान ६ बजेर ५१ मिनेटको साइतमा इन्द्रध्वज उत्थान हुनेछ । त्यसको भोलिपल्ट असोज ३ गते कुमारी रथयात्रा सुरु हुनेछ । त्यस दिन बसन्तपुरको तल्लो टोल र असोज ४ गते माथिल्लो टोलमा रथ यात्रा हुनेछ । ८ गते नानिचा यात्रा हुनेछ । त्यसैदिन राती १० बजेर ५६ मिनेटको साइतमा इन्द्रध्वज पतन हुनेछ । यसपछि जात्रा सकिनेछ । 

बसन्तपुर कुमारी घर अगाडिको दश अवतार र माजु देग मन्दिर निर्माणाधीन अवस्थामा भएकोले भक्तहरु बसन्तपुरमा भेला भएर जात्रा अवलोकन गर्ने अवस्था छैन । अर्कोतिर कोविडका कारण मानिसहरु भेला हुन सक्ने अवस्था पनि छैन । जात्रा अवलोकनका विषयमा व्यवस्थापन समितिले भक्तहरुलाई बसन्तपुरमा भेला नहुन र आम सञ्चारबाट अवलोकन गरिदिन आग्रह गरेको छ । 

समितिका अध्यक्ष शाक्यले, रथ यात्राका समयमा स्थानीयहरु रथमा आएर भन्दा घरको वार्दली, झ्याल र ढोकाबाट सुरक्षितसाथ पूजा दिन र दर्शन गर्न आग्रह गर्नुभएको छ ।